व्यास नगरपालिकाका कैनी नेविसंघको केन्द्रीय सदस्यमा मनोनित

तनहुँको व्यास नगरपालिका-११ पोल्याङका प्रविन कैनी नेविसंघको केन्द्रीय तदर्थ कार्यसमिति सदस्यमा मनोनित भएका छन् । नेपाल विद्याथी संघ तनहुँ काठमाडौ सम्पर्क समितिका अध्यक्ष समेत रहेका कैनी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमिति सदस्य मनोनित भएका हुन् ।

नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित कार्यसमितिको सदस्यमा प्रविण कैनी सहित थप ४१ जनालाई मनोनयन गरेका हुन् ।

विद्यार्थी राजनीतिमा लामो समयदेखि लागेका कैनी नेविसंघलाई विद्यार्थी तथा सर्वसाधारणका मुद्दाहरुमा अझ सक्रिय बनाउन र लोकतन्त्रको रक्षाको लागि आफ्नो मनोनयनले प्रेरणा मिलेको बताएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker