भानुका युवायुवतीलाई एक महिने ड्राइभिङ तालिम

भानु : तनहुँको भानु नगरपालिकाले एक महिने हलुका सवारी साधान सञ्चालन सम्बन्धी तालिम प्रदान गरेको छ । सिद्ध गुफा ड्राइभिङ्ग प्रशिक्षण केन्द्र प्रा.लि., बिमलनगरको प्राविधिक संयोजनमा नगरपालिकाले एक महिने हलुका सवारी साधन (ड्राइभिङ्ग) तालिम सञ्चालन गरेको हो ।
नगरपालिकाका १३ वटै वडाबाट एक–एक जना युवायुवतीलाई सहभागी गराई व्यावसायिक ड्राइभिङ्ग सीप हासिल गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको नगरप्रमुख आनन्द राज त्रिपाठीले बताए । उनले सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै आत्मनिर्भर समाज निर्माणका लागि सिपमूलक तालिमहरूको निरन्तरतामा स्थानीय सरकार प्रतिबद्ध रहेको बताए ।
तालिममा सहभागीहरुले पहिले गाडी चलाउने आत्मविश्वास नभएको र तालिम पश्चात भने सवारी लाइसेन्सका लागि आवेदन दिन सहज हुने बताए । तालिमपछि आफूहरुलाई स्वरोजगारतर्फ उन्मुख गराउने समेत मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
“सिप सिकौं, आत्मनिर्भर बनौं” भन्ने नारासहित सञ्चालित उक्त तालिमले स्थानीय युवाहरूलाई सीप दिई आत्मनिर्भर बनाउने दिशामा उल्लेखनीय योगदान पु¥याउने विश्वास लिइएको छ ।