चैतेदसैँको अवसरमा तनहुँको पवित्र धार्मिकस्थल तनहुँ कालिका मन्दिरमा पूजाआजा

चैतेदसैँको अवसरमा तनहुँको पवित्र धार्मिकस्थल तनहुँ कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । व्यास नगरपालिका–४ सहिद शान्ति पार्कभित्र रहेको कालिका मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको हो ।
बडादसैँ र चैतेदसैँको अवसरमा कालिका मन्दिरमा विशेष पूजाआजा हुने गरेको छ । मन्दिरमा पूजाआजा गर्नका लागि दमौली आसपासबाट भक्तजन आएका व्यास–४ का वडाध्यक्ष मनबहादुर गुरुङले बताउनुभयो ।
विगतको केही वर्ष कोरोना महामारीका कारण भक्तजन उपस्थिति कम देखिने गरेकामा यस वर्ष उल्लेख्य वृद्धि भएको व्यास–३ का अजित पन्तले बताउनुभयो । घुइँचोका कारण पूजाआजा गर्न समय लागेको उहाँको भनाइ छ ।
उक्त मन्दिर मल्लकालीन प्यागोडा शैलीमा निर्माण गरिएको छ । रु तीन करोड लागतमा मन्दिर निर्माण गरिएको हो । तीन तले मन्दिर ५५ फिट उचाइको रहेको छ । मन्दिरमा विभिन्न देवीदेवताका आकृति भएका ६० वटा टुँडाल हालिएको छ भने मन्दिरमा नौ फिट उचाइको गजुर राखिएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत दमौली बजारबाट एक किलोमिटरको दूरीमा रहेको मन्दिर परिसरमा पार्क निर्माण गरी पैदलमार्ग बनाइएको वडाध्यक्ष गुरुङले बताउनुभयो । उहाँका अनुसार सवारीसाधनका लागि पक्की बाटो निर्माणको योजना बनाइँदै छ ।
“अप्ठ्यारो ठाउँमा ८० मिटर बाटो ढलान गरिएको छ । दमौली बजारबाट एक किमी दूरीमा पर्ने पार्कभित्र सरकार, निजी क्षेत्र र स्थानीयवासीको सहयोगमा केही पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन् भने गुरुयोजना अनुसारको थप पूर्वाधार निर्माण हुन बाँकी छ”, वडाध्यक्ष गुरुङले भन्नुभयो ।
उहाँका अनुसार ३७ हेक्टर क्षेत्रफलमा काँडे तारबार, १० फिट चौडाइको एक किमी पक्की सिँढी निर्माण, दुई वटा वनभोजस्थल, एउटा कुरुवा घर, सार्वजनिक शौचालय निर्माण सम्पन्न भइसकेका छन् । रिजर्भ ट्याङ्की बनाएर खानेपानीको व्यवस्थापन गरिएको उहाँले जानकारी दिनुभयो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker