सत्यवतीले जित्यो स्कूल लिग क्रिकेटको उपाधि

तनहुँ जिल्ला क्रिकेट संघले आयोजना गरेको स्कूल क्रिकेट लिगको उपाधि व्यास नगरपालिका-२ स्थित सत्यवती माध्यमिक विद्यालयले जितेको छ । व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदानमा आज भएको फाइनल खेलमा व्यास नगरपालिका-१ स्थित निर्मल माध्यमिक विद्यालयलाई नौ विकेटले पराजित गर्दै सत्यवतीले उपाधि जितेको हो ।

टस जितेर पहिले व्याटिङ गरेको निर्मल माविले ७.४ ओभरमा दश विकेटको क्षतिमा ३६ रन बनाएको थियो । निर्मलका देवराज गर्जाले सात र सुजन बाचेले रन बनाए । जवाफी व्याटिङ गरेको सत्यवतीले ८.३ ओभरमा एक विकेट गुमाउँदै ३७ रन बनायो । सत्यवतीका सानुले १८ र बादल श्रेष्ठले सात रन बनाए। उक्त खेलमा निर्मल माविका पारस सन्जेल म्यान अफ दि म्याच घोषित भएका छन् ।

उपाधिसँगै सत्यवतीले ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता निर्मल माविलाई पनि ट्रफी र मेडल प्रदान गरिएको छ । विजयीलाई पुरस्कार वितरण गर्दै म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले क्रिकेट खेलले नेपालको नाम विश्वमाझ चिनाउन सफल भएकाले स्थानीय स्तरदेखि नै क्रिकेटमा लगानी बढाउनुपर्ने अवस्था आएको बताए ।

विद्यालय स्तरदेखि नै खेलाडीलाई क्रिकेटमा आकर्षित गराउँदै प्रदेश तथा राष्ट्रिय स्तरमा खेल्न सक्ने खेलाडी उत्पादन गर्ने उद्देश्यसहित क्रिकेट लिग आयोजना गरिएको संघका अध्यक्ष मदन तिमिल्सिनाले जानकारी दिए । उनले भने, “पछिल्लो समय क्रिकेट निकै लोकप्रिय छ, विद्यालय स्तरमा लुकेर रहेका खेलाडी पहिचान गर्नु पनि कार्यक्रमको मुख्य उद्देश्य हो ।”

प्रतियोगितामा जिल्लाभरका नौ वटा विद्यालयको सहभागिता रहेको थियो । सहभागी विद्यालयलाई तीन समूहमा विभाजन गरिएको थियो । प्रतियोगिता लिगका आधारमा खेलाइएको थियो । समूह (ए) मा पञ्चमुनीदेव, नेपाल प्रहरी, सत्यवती मावि, समूह (बी) मा निर्मल मावि, बाराही मावि, सर्वज्योति मावि र समूह (सि) मा भानु मावि, रामज्योति मावि र आदिकवि भानुभक्त मावि रहेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker