संसारको पहिलो संग्रहालय जहाँ पुराना सामान होइन खुसी पाइन्छ

संग्रहालय एउटा यस्तो स्थान हो जहाँ इतिहास, संस्कृति, विज्ञानलाई सजाएर राख्ने गरिन्छ तर आज हामी भिन्न संग्रहालयको कुरा गर्दैछौं । एउटा यस्तो संग्रहालय जसको उद्देश्य मानिसहरुलाई खुसी बनाउनु हो । हुन त खुसी त्यस्तो चिज होइन, जुन संग्रहालयमा झुण्डिएको देखियोस् । तर पनि यहि उद्देश्यसहित डेनमार्कको कोपेनहेगनमा गत जुलाईमा यो संग्रहालय खोलिएको छ ।

कोपेनहेगनको ह्याप्पिनेस रिसर्च इन्स्टिच्युटले यसलाई बनाएको हो । जसले यो संग्रहालयको परिकल्पना गरे त्यसमा माइक वाइकिंग पनि समावेश छन् । माइक ह्याप्पिनेस रिसर्च इन्स्टिच्युटका मुख्य कार्यकारी अधिकारी हुन् । उनले खुसीसँग सम्बन्धित तीनवटा किताब लेखिसकेका छन् – दि लिटिल बुक अफ लेगे (लेगे अर्थात् खुसी), दि लिटिल बुक अफ ह्यूगे (ह्यूगे अर्थात् मनोरञ्जन) र द आर्ट अफ मेकिङ मेमोरिज । तीनवटै ‘बेस्ट सेलर’ ।
यस्तो प्रकारको पहिलो संग्रहालयः

आठ कोठाको यो संग्रहालय २४० वर्ग मिटरमा फैलिएको छ । सीएनएनका अनुसार यो यस्तो प्रकारको पहिलो संग्रहालय हो । यसलाई १८ औं शताब्दिमा बनेको ऐतिहासिक भवनको बेसमेन्टमा बनाइएको छ ।

मोनालिसाको मुस्कानलाई भिन्न–भिन्न कोणबाट हेर्ने सुविधाः

संग्रहालयको हरेक कोठा निकै विशेष छन् । हरेक कोठामा तपाईंले खुसीका विभिन्न दृष्टिकोण पाउनु हुनेछ । साथै केही प्रयोगबाट पनि गुज्रनु हुनेछ । जस्तै, एउटा कोठाको बीचमा पैसाले भरिएको एउटा पर्स राखिएको छ । यहाँ आउने मानिसहरुले ह्याप्पिनेस रिसर्च इन्स्टिच्युटका अनुसन्धानकर्ता बाटोमा पर्स हराएको भन्दै कुरा गर्छन् र त्यो पर्स कतिपटक फिर्ता हुन्छ, त्यो नियाल्छन् ।

यसको एउटा खण्डमा खुसी हुने विज्ञानबारे कुरा गरिन्छ भने अर्कोमा दुई हजार वर्षको इतिहासबारे बताइन्छ । साथै, यहाँ एउटा यस्तो खण्ड पनि छ जहाँ खुसीको भविष्यबारे पनि बताइन्छ । यहाँसम्म कि एउटा खण्ड मुस्कानका लागि मात्रै बनेको छ । यसमा मोनालिसाको मुस्कानलाई तपाईं भिन्न–भिन्न कोणबाट हेर्न सक्नुहुन्छ । यसले तपाईंको अनुहारमा पक्कै पनि मुस्कान ल्याउँछ ।

एउटा कोठा यस्तो पनि जहाँ मानिसहरुको खुसीको पललाई सजाएर राखिएको छः

संग्रहालयको एउटा कोठा यस्तो छ जसले संसारमा खुसीको भूगोललाई बताउँछ । यसमा सन् २०२० को वर्ल्ड ह्याप्पिनेस रिपोर्ट राखिएको छ । फिनल्याण्ड संसारको सबैभन्दा खुसी देश हो । स्विडेन दोस्रो नम्बरमा छ । भुटान एउटा यस्तो देश हो जुन सन् १९७० देखि जीडिपीभन्दा माथि जिएनएच अर्थात् ग्रस नेशनल ह्याप्पिनेसको स्थान माथि छ । यी सबै कुरा यहाँ जानकारी दिइएको छ ।

यसका साथै एउटा कोठा यस्तो पनि छ, जहाँ संसारभरीका मानिसहरुलाई खुसी दिएको पललाई सजाएर राखिएको छ । यो पल मानिसहरु आफैंले संग्रहालयसँग साझा गरेका हुन् । यो कोठामा ‘ह्याप्पिनेस ल्याब’ पनि बनेको छ । यहाँ हाम्रो दिमागमा कसरी राम्रो भावना आउँछ भनेर जानकारी दिइन्छ । उमेरसँगै यो भावनामा कमी आउँछ त भनेर पनि जानकारी दिइन्छ ।

यो संग्रहालय यो वर्ष मे महिनामा खोल्ने योजनामा थियो । कोरोनाका कारण यस्तो हुन सकेन । माइक वाइकिंग र उनको समूहको प्रयासले यो १४ जुलाईमा मानिसहरुका लागि पहिलो पटक खोलियो । कोरोनाका कारण कडा नियम बनाइयो । एक पटकका ५० भन्दा बढी मानिस भित्र जाने अनुमति छैन । पहिलो महिनामा ६ सयभन्दा बढि मानिस यो संग्रहालयमा खुसी खोज्न पुगे ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker