दुलहाले स्टेजमा दुलहीलाई चुम्बन गरे, बेहुली पुगिन् थाना

एजेन्सी

भारतको उत्तर प्रदेशमा एक विवाह समारोहमा दुलहाले सबैको अगाडि दुलहीलाई चुम्बन गरिदिए । तर उनलाई थाहा थिएन कि उनको यस्तो व्यवहारले कतिसम्मको लफडा निम्त्याउनेछ ।

दुलहाले दुलहीलाई चुम्बन गर्नेबित्तिकै दुलही स्टेज छोडेर थाना पुगिन् । त्यहाँ उनले प्रहरीलाई पूरा घटनाक्रमको जानकारी दिइन् र दुलहाविरुद्ध कारवाहीको माग गरिन् ।

वास्तवमा २६ नोभेम्बरमा सामूहिक वैवाहिक कार्यक्रमका बेला बन्दायु जिल्लाका बिल्सी गाउँका युवकको विवाह सम्भलको पवासामा युवतीसँग भएको थियो । विवाह बन्धनमा बाँधिएपछि २८ नोभेम्बरमा पवासा गाउँमा पूरा रिति रिवाजका साथ यी दुईको वैवाहिक कार्यक्रमकाे भाेज आयोजना गरियो ।

भारतीय सञ्चार माध्यम आजतकका अनुसार पवासामा विवाह समारोहमा जयमालाको कार्यक्रम भएपछि दुलहा–दुलही स्टेजमा बसिरहेका बेला दुलहाले दुलहीलाई सबैको अगाडि चुम्बन गरे । त्यसपछि दुलही भड्किइन् र त्यहाँबाट उठेर कोठामा गइन् । परिवारका सदस्यले दुलहीलाई सम्झाउने कोसिस गरे तर उनी कुनै पनि कुरा सुन्न तयार थिइनन् । उनले स्टेजमा जान अस्वीकार गरिन् ।

पछि उनी परिवारको सदस्यलाई लिएर बहजोई थाना पुगिन् र थाना प्रभारी प्रकज लवानियालाई दुलहाको व्यवहारबारे बताइन् । यसैबीच दुलहा पक्षका मानिसहरु पनि थाना पुगे । त्यहाँ दुलहीले सबैको अगाडि भने, ‘म अब उनीसँग बस्न चाहन्नँ । आफ्नै घरमा बस्छु । मलाई उनको चालामाला ठिक लागेन । जो व्यक्तिले ३ सय व्यक्तिको अगाडि यस्तो गर्न सक्छ, ऊ के सुध्रन्छ । त्यसैले यो व्यवहारका लागि उनीविरुद्ध कारवाही गरियोस् ।’

‘दुलहीले दुलहासँग शर्त राखेकी थिइन्’

अर्कोतर्फ दोस्रो पक्षले पनि आफ्नो कुरा राखे । उनीहरुका अनुसार दुलही आफैँले दुलहासँग शर्त राखेकी थिइन् । शर्तमा के थियो भने यदि दुलहाले उनलाई स्टेजमा सबैको अगाडि चुम्बन गर्छन् भने उनले दुलहालाई १५ सय रुपैयाँ दिनेछिन् । यदि उनले यस्तो गर्न सकेनन् भने उनले दुलहीलाई ३,००० रुपैयाँ दिनुपर्नेछ । जब थाना प्रभारीले यसबारे दुलहीसँग कुरा गरे तब उनले यस्तो केही पनि नभएको बताइन् ।

थानामा भयो सम्झौता

थानामा दुई पक्षबीच यसबारे बहस पनि चल्यो । तर केही बेरपछि दुलहा–दुलही छुट्टा छुट्टै बस्ने भन्ने कुरामा सम्झौता भयो । थाना प्रभारी पंकज लवानियाले यी दुईको विवाह दर्ता भइसकेकोले सम्बन्धविच्छेदका लागि कानुनी प्रक्रिया पुरा गर्नुपर्ने बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker