सुँगुरलाई नजिकबाट हेर्ने होडबाजी, डेढ लाखसम्म तिरेर होटेलमा कोठा बुकिङ !

मानिसका आ आफ्ना शौख तथा रुचि हुन्छन् जुन पूरा गर्नका लागि मानिसहरु जुनसुकै हदसम्म जानपनि तयार हुन्छन् । शौख पूरा गर्नका लागि पानीमा बगाएजस्तै गरी पैसा खर्च गर्न समेत मान्छेहरु पछि पर्दैनन् । हालै यस्तै एउटा घटना भएको छ चीनमा ।

त्यहाँका मानिसहरुलाई नजिकबाट सुँगुरलाई हेर्ने रहर यति धेरै जागेको छ कि सुँगुरको दर्शनका लागि डेढ लाख रुपैयाँ बराबरको रकम तिर्न पनि तयार भैरहेका छन् ।

मानिसहरु यति धेरै रकम तिरेर यस्ता होटेलका कोठाहरु बुक गराइरहेका छन् जुन कोठाको झ्यालबाट देशको निकै दुर्लभ तथा महत्वपूर्ण मानिने सुँगुरको प्रजातिलाई नजिकबाट देख्न पाइन्छ ।

उक्त प्रजातिको सुँगुरबाटै चीनमा निकै लोकप्रिय तथा परम्परागत परिकार जिन्हुआ ह्याम बनाइन्छ ।

चीनको झेजियांग प्रान्तस्थित थिम पार्कको भवन अनौठो तरिकाले डिजाइन गरिएको छ । सोही थिम पार्कको भवनमा रहेको होटलको कोठाको झ्यालबाट जमिनमा रहेका सुँगुरहरुलाई देख्न सकिन्छ ।

होटलका कोठाका केही तस्वीर पनि चिनिया टिकट भनिने सोसल मिडिया प्लाटर्फम डुइनमा निकै चर्चित बनिरहेका छन् । सो थिमपार्कलाई मानिसहरु जिन्हुआको डिज्नील्याण्ड भनेर चिन्दछन् ।

साउथ चाइना मर्निंग पोष्टमा प्रकाशित समाचार अनुसार यो पार्क सन् २०२१ मा पाण्डा पिग नामक सुँगुरको नश्ल प्रवर्द्धन गर्नका लागि खुलेको थियो । यो प्रजातिको सुँगरको टाउको र पुछरको भाग कालो रंगको हुन्छ । यो नश्ललाई टू एण्ड ब्लाक पिग नाम दिइएको थियो । यो सुँगुरको जात चीनमा कम्तिमा १२ सय वर्षदेखि पालिँदै आएको छ । यसलाई जिन्हुआ ड्राइ क्योर्ड ह्यामको परम्परागत श्रोत पनि मानिन्छ । जसले इटालीको प्रोसियुट्टो डी पर्मा र स्पेनको जामोन इबेरिकोसँग प्रतिस्पर्धा गर्न सक्दछ । इटाली र स्पेनका ती दुबै परिकार पनि सुँगुरको मासुबाटै बन्दछन्।

मार्कोपोलोको सम्बन्ध

चीनमा उक्त सुँगुरबाट बन्ने परिकार संसारभर नै लोकप्रिय छ । रिपोर्ट अनुसार इटालीका व्यापारी, खोजकर्ता तथा राजदूत मार्कोपोलोले १३औँ शताब्दीमा जिन्हुआबाट ड्राइ क्योर्ड ह्यामको गेाप्यता युरोप पुर्‍याएका थिए । त्यसपछि यो परिकार चीन बाहिर पनि प्रसिद्ध बनेको थियो । कियानजियांग न्यूजले सन् २०१६ मा प्रकाशित गरेको एक रिपोर्ट अनुसार जिन्हुआमा सुँगुरको उक्त नश्लको वार्षिक उत्पादन संख्या ७५ हजार देखि ८० हजारसम्म मात्र रहेको छ । त्यो भनेको उक्त सहरमा रहेका सबैखाले सुँगुरको संख्याको केल ३ देखि ४ प्रतिशत मात्रै हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker