OK को पूरा अर्थ के हो ? यस्तो छ रोचक तथ्यहरु

कुनै कुरामा सही थाप्दा हामी सबैले सहजै बोल्ने शव्द हो ओके । धेरै मानिसले कुनै कुराको जवाफ यहीँ दुई अक्षरयुक्त शब्द OK मै दिन्छन् ।

वास्तवमा यो दुई अक्षरले एउटा पूरै वाक्यको काम गरिरहेको हुन्छ र मानिसहरुको संवाद छोटाइरहेको हुन्छ । त्यसैले यो निकै चलनचल्तीको शव्द बनेको छ आमरुपमा । तर विडम्बना धेरैलाई यो शव्दको पूरा स्वरुप तथा अर्थ नै थाहा नहुन सक्दछ । आखिर OK को पूरा अर्थ के हो त ?

OK अंग्रेजी भाषाको सबैभन्दा सामान्य शव्दमध्ये एक हो । धेरैलाई थाहा नहुन सक्दछ OK को पूरा रुप Olla Kalla हो । यो एक ग्रिक शव्दावली हो जसको अर्थ हुन्छ सबै ठीक छ ।

OK शव्द १८२ वर्षअघि अमेरिकी पत्रकार चाल्र्स गार्डन ग्रीनको कार्यालयबाट सुरु भएको थियो । सन् १८३९ मा लेखकहरुले जानीबुझी शव्दहरुलाई परिवर्तन गरे र संक्षिप्त अक्षरहरुको प्रयोग गर्न थाले । जस्तै अहिले हामीले प्रयोग गर्ने LOL, OMG तथा NBD भन्दछौँ ।

OK लाई पहिलो पटक OLL Korrect को रुपमा प्रयोग गरिएको थियो । चार्ल्स गार्डन ग्रिनले व्याकरणका विषयमा एक व्यंग्य लेख लेखेका थिए र सन् १८३९ मा बोस्टन मर्निङ पोष्टमा प्रकाशित गरेका थिए । त्यसमा OW जस्ता शव्दको पनि प्रयोग गरिएको थियो, जसको अर्थ अल राइट अर्थात् सबै ठीक छ हो ।

अमेरिकी चुनावमा OK को रोचक कहानी

सन् १८४० मा अमेरिकी राष्ट्रपति मार्टिन भेन ब्यूरनको चुनाव अभियानमा OK शव्दलाई चुनावी नाराको रुपमा प्रयोग गरिएको थियो । न्युयोर्कमा जनिमएका ब्यूरनको उपनाम ओल्ड किन्डरहुक थियो । जसलाई छोटकरीमा मानिसहरु OK भन्दथे । त्यो संसारभर लोकप्रिय भएको थियो । उनका समर्थकहरुले चुनाव र्‍यालीहरुमा ओकेको प्रयोग व्यापक रुपमा गरे। त्यतिमात्र नभई देशभर ओके क्लबको गठन पनि गरे।

ओकेका अन्य तथ्यहरु

हफपोस्टको एक रिपोर्ट अनुसार पहिले OK शव्द OKeh बाट आएको दाबी गरिएको थियो जुन भारतीय मूलका अमेरिकी जनजाति समुदाय Choctaw को एक शव्द हो । OK को सम्बन्धमा विभिन्न तर्कहरु छन् । ओके शव्दको चलन बढेसँगै मानिसहरुमा सदैव विवाद रह्यो । हफपोस्टको रिपोर्टमा स्मिथसोनियन पत्रिकाको एक लेख उधृत गरिएको छ जसमा OK को बारेमा जानकारी दिइएको छ ।

स्मिथसोनियन पत्रिकाको एक लेख अनुसार ओके शव्दको उत्पत्ति १९ औँ शताब्दीको सुरुवातमा भएको थियो । All Correct शव्द परिवर्तन भएर OK भएको दाबी त्यसमा गरिएको छ । ओकेको अर्थ All Correct भएपनि पछि Oll Korrect मा परिवर्तन गरिएको हो ।

एजेन्सीको सहयोगमा

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker