तनहुँमा ट्राफिक सप्ताह मनइने

दमौली : जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले विविध कार्यक्रम गरी ट्राफिक सप्ताह मनाउने भएको छ । कार्यालयले यही बैशाख २५ देखि ३१ गतेसम्म ट्राफिक सप्ताह मनाईने तयारी गरेको बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख प्रहरी निरीक्षक कृष्ण चन्दले सप्ताह अन्तर्गत पहिलो दिन वैशाख २५ गते दमौलीमा सचेतनामुलक ¥याली निकालिने भएको छ । दुर्घटना न्युनिकरण र रोकथामका लागि ट्राफिक सप्ताह कार्यक्रम उपलब्धी मुलक बन्ने उनले विश्वास गरेका छन् ।
‘म जिम्मेवार यात्रु, म मेरो कर्तव्य पालना गर्छु’ भन्ने नाराका साथ हुने सप्ताहव्यापी कार्यक्रममा प्रभातफेरी, स्वयंसेवक परिचालन गरी प्रशिक्षण, ग्रामीण सडक लक्षित प्रशिक्षण, सडक प्रयोगकर्तालाई प्रशिक्षण, चालकहरूका लागि प्रशिक्षण, सवारीचालकहरूको स्वास्थ्य परिक्षण र अन्तिम सातौ दिन सञ्चारकर्मीहरूसंग अन्तरक्रिया सहित समापन गरिने प्रहरी निरीक्षक चन्दले जानकारी गराए ।
तनहुँमा हाल १३ वटा अस्थायी पोष्टमा ५४ जना ट्राफिक प्रहरी कर्मचारी कार्यरत रहेका छन् ।










