नगरबासिसंग व्यासको आग्रह : “वातावरणमैत्री नगर बनाउने अभियानमा सघाउनुस”

दमौली । तनहुँको व्यास नगरपालिकाले वातावरणमैत्री नगरपालिका बनाउने अभियानमा सघाउन नगरबासीलाई आग्रह गरेको छ । बुधबार विज्ञप्ती जारी गर्दै नगरपालिकाले वातावरणमैत्री नगरपालिका निर्माणमा दीर्घकालीन सोचका साथ अघि बढेको सन्दर्भमा यो अभियानमा नगरवासीको सहयोगको अपेक्षा गरेको छ ।
नगरपालिकाका वन तथा वातावरण समिति संयोजक रनसिं नेपालीद्वारा जारी विज्ञप्तिमा विगत लामो समयदेखि समाधान हुन नसकेको फोहोर व्यवस्थापनमा स्थायी समाधानका लागि विज्ञद्वारा वर्गीकरणको काम भइरहेको र यसलाई पूर्णता दिन नगरबासिको साथ र सहकार्यको आग्रह गरिएको छ ।
विज्ञप्तिमा कुहिने फोहोर व्यास–१०, गौ संरक्षण केन्द्रमा विसर्जन गरिएको छ भने नकुहिने फोहोरलाई पुनःप्रयोगमा आउने सामग्री छुट्याई बिक्रीमा पठाइनेछ। त्यस्तै शिशाजन्य सामग्री अलग्गै संकलन गरी बिक्रीमा गइसकेको र स्थायी समाधानका लागि जग्गा खरिद प्रक्रिया अघि बढिसकेको उनले उल्लेख गरिएको छ ।
व्यास नगरपालिका क्षेत्रभित्र गत जेठ १ गतेदेखि प्लाष्टिकका झोला, प्लेट, कप लगायतका हानिकारक प्लाष्टिक जन्य वस्तुको प्रयोगलाई निषेधित गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘वातावरण प्रदूषण न्यूनीकरण गर्दै वातावरणलाई स्वच्छ र सफा राख्न व्यास नगरपालिकाद्वारा बनेको व्यासनगर प्लाष्टिक जन्य वस्तुको प्रतिबन्ध गर्ने सम्बन्धी ऐन २०८१ र सोको कार्यविधि अनुसार प्लाष्टिकका झोला, ग्लास र प्लेटको प्रयोगलाई निषेध गर्ने र सोको सट्टामा वातावरण मैत्री कपडा, जुट वा कागजका झोलाहरू र कागजका कप प्लेट वा दुना टपरी वा जैविक पदार्थबाट बनेका वस्तुहरू मात्र प्रयोग गर्न आग्रह गरेका छौ ।’
निषेधित वस्तुहरू व्यासनगर क्षेत्रभित्र उत्पादन, बिक्री वितरण वा प्रयोग गर्न प्रतिबन्ध गरिएको र नगरको ऐन नियम विपरित गरेको पाइएमा नगरपालिकाले नगरसभाबाट पारित ऐन अनुसार जरिवाना गरिने जनाइएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker