शैक्षिक सामग्री निर्माण कार्यशाला

तनहुँको भानु नगरपालिका, शिक्षा युवा तथा खेलकुद शाखाले सञ्चालन गरेको सामुदायिक विद्यालयका बाल विकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ताका लागि पाँच दिवसीय शैक्षिक सामग्री निर्माण सम्बन्धी पहिलो चरणको कार्यशालामा सहभागिहरु । कार्यशालामा विभिन्न विद्यालयका ३१ जना सहयोगी कार्यकर्ताहरूको सहभागिता रहेको छ ।

कार्यशालामा महालक्ष्मी सुनच्युरी र दामोदर कार्कीले सहजीकरण गरेका छन् भने कार्यक्रममा सैद्धान्तिक विषयसंगै बाल विकास केन्द्रका लागि आवश्यक शैक्षिक÷बाल सामग्री निर्माण गर्ने व्यवहारिक अभ्यास गराइएको छ । तस्विर : भञ्ज्याङ










