टुँडिखेलमा हुलहुज्जत गरेको आरोपमा पक्राउ परेका तीनजना धरौटीमा छुटे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी रहेको कार्यक्रममा हुलहुज्जत गरेको आरोपमा पक्राउ परेका तीन जना धरौटीमा रिहा भएका छन् ।

प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धानका लागि दुई जनाको पाँच दिन र एकजनाको ९ दिन म्याद लिएकोमा उनीहरुलाई काठमाडाैं जिल्ला अदालतले शुक्रबार छाड्ने आदेश दिएको हो । उनीहरुलाई जनही ९ हजार रुपैयाँ धरौटी लिएर छाडिएको हो ।

गत सोमबार टुँडिखेलमा आयोजित गौरा पर्वको कार्यक्रममा ओली र देउवा अतिथि बनेर पुगेका थिए । नेताद्वयविरुद्ध नाराबाजी र होहल्ला भएको थियो । प्रहरीले दुईजनालाई सोहीदिन र थप एकजनालाई भोलिपल्ट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुर्खेत घर भइ वाफलमा रोयल खाजाघर सञ्चालन गर्ने ३४ वर्षिय गोपीराम जैसी, अछाम घर भइ हाल कोटेश्वर बस्ने २५ वर्षिय रेम्बो बुढा भनिने रामबहादुर बुढा र कञ्चनपुर घर भइ हाल किर्तिपुर बस्ने दिपक सिंह ठगुन्ना रहेका छन् । जैसी र बुढा अघिल्लो दिन र ठगुन्ना भोलिपल्ट पक्राउ परेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker