शिशुको स्वास्थ्य परीक्षणका लागि आएका आमाहरु

तनहुँको भिमाद नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र भिमादमा आफ्ना नवजात शिशुको स्वास्थ्य अवस्थाको परीक्षणका लागि आएका आमाहरु । नेपाल सरकारले बच्चा जन्मेपछी २४ महिना नपुग्दासम्म प्रत्येक महिना कम्तिमा एक पटक नजिकैको स्वास्थ्य संस्थामा लगेर तौल जोख्न पर्ने निर्देशिका बनाएको छ । यसो गर्नाले शिशुको समष्टिगत वृद्धि बिकासमा स्वास्थ्यकर्मीको प्रत्यक्ष संलग्नता रहनुका साथै आमालाई स्वास्थ्य, पोषण, खानेपानी, सरसामान लगायतका बिषयहरुमा जानकारी गराई अनुभव एकआपसमा साटासाट गर्ने गरिन्छ । तस्विर : भञ्ज्याङ










