कृषकको घरगोठमै सेवा

तनहुँको भिमाद नगरपालिका–२ का कृषकको घरगोठमै पुगेर सेवा दिंदै पशु चिकित्सकहरु । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पोखरा कार्यालयको कार्यालय प्रमुख डा. किरण पाण्डे र पशु सेवा शाखा भिमादको टोलीद्वारा कृषकले पाल्दै आएका पशुपंक्षीको स्वास्थ्य परीक्षणका लागि नमुना संकलन गरी रोग अन्वेषण गरिएको छ । तस्विर : भञ्ज्याङ