३६६ फरार अभियुक्तबाट २१४ वर्ष कैद असुली

भञ्ज्याङ समाचारदाता (दमौली)

जिल्ला प्रहरी कार्यालयले गत साउनदेखि चैत १ गतेसम्म करिब आठ महिनाको अवधिमा ३६६ फरार अभियुक्तलाई पक्राउ गरेको छ । विभिन्न मुद्दाका फरार व्यक्तिलाई पक्राउ गर्दा २१४ वर्ष कैद असुली हुनका साथै रु ५६ लाख ३४ हजार ६६१ जरिवाना असुली भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भई फरार सूचीमा रहेका व्यक्ति पक्राउ परेका हुन् ।

नाता कायम, सम्बन्धविच्छेद, लेनदेन, हातहतियार, कर्तव्य ज्यान, सवारी ज्यान, बहुविवाह, माना चामल, अंशलगायतका मुद्दाका फरार हुँदै आएका अभियुक्तलाई पक्राउ गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका अभियुक्तलाई पक्राउ गर्ने अभियानलाई तनहुँ प्रहरीले तीव्रता दिँदै आएको उनले बताए । कार्यालय मातहतमा रहेका प्रहरी एकाइ कार्यालयबाट खटिएको प्रहरी टोलीले गत चैत १ गते मात्रै विभिन्न मुद्दामा फरार रहेका छ जनालाई पक्राउ गरेको थियो ।

फरार सूचीमा रहेका अभियुक्तलाई धमाधम पक्राउ गरी कानूनी दायरमा ल्याउन थालिएसँगै जिल्लामा आपराधिक क्रियाकलापमा न्यूनीकरण आएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । गल्ती गरियो भने कानूनले छाड्दो रहेनछ भन्ने कुराप्रति र्सवसाधारण सचेत हुन थालेको उनले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker