आँबुखैरेनी अध्यक्ष कपको उपाधि वडा नम्बर ३ ले जित्यो

तनहुँको आँबुखैरेनी गाउँपालिकाले आयोजना गरेको दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले जितेको छ । आँबुखैरेनी गाउँपालिका–३ स्थित रामशाह माध्यमिक विद्यालयको खेलमैदानमा भएको प्रतियोगिता अन्तर्गत शनिबार भएको फाइनल खेलमा इलाका प्रहरी कार्यालय आँबुखैरेनीलाई पराजित गर्दै वडा नम्बर ३ ले उपाधि जितेको हो ।

उपाधिसँगै वडा नम्बर ३ ले नगद रु २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता इलाका प्रहरी कार्यालय आँबुखैरेनीले नगद रु १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा इलाका प्रहरी कार्यालय आँबुखैरेनीका मुकेश श्रीष बेस्ट स्पाईकर, इलाका प्रहरी कार्यालय आँबुखैरेनीकै दल बहादुर रेश्मी बेस्ट सेटर, वडा नम्बर ६ ए का विक्रम गुरुङ बेस्ट ब्लकर र वडा नम्बर ३ का गोर्कण थापा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

विजेतालाई गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पुरस्कार वितरण गर्दै गाउँपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको बताए ।

प्रतियोगितामा गाउँपालिकाका प्रत्येक वडाबाट दुई टिम, सामुदायिक विद्यालयका शिक्षकहरुबाट दुई टिम, संस्थागत विद्यालयका शिक्षकहरुबाट एक टिम, आँबुखैरेनी गाउँपालिकाका कर्मचारीबाट एक टिम, जनप्रतिनिधिबाट एक टिम र इलाका प्रहरी कार्यालयबाट एक टिमको सहभागिता रहेको थियो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker