नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य

एसिया कप अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा भारतलाई २३१ रनको लक्ष्य दिएको छ । श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा अलआउट हुँदै २३० रन बनाएको हो ।

एसिया कप २०२३ अन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा भारतविरुद्ध अर्धशतक प्रहार गरेपछि नेपाली ब्याटर आसिफ शेख । तस्बिर : एएफपी

नेपालका लागि आसिफ शेखले सर्वाधिक ५८ रन बनाए । उनले ९७ बलमा ८ चौका प्रहार गरे । सोमपाल कामीले ५६ बलमा २ छक्का र १ चौकासहित ४८ रन बनाए ।

त्यस्तै नेपालका ओपनर कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रन बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले २५ बलमा ३ चौकासहित २९ रन बनाए । त्यस्तै गुल्शन झाले ३५ बलमा ३ चौकाको मद्दतमा २३ रन बनाए । नेपालका कप्तान रोहित पौडेल भने ५ रनमै आउट भए । रवीन्द्र जडेजाको बलमा रोहित शर्माले नेपाली कप्तान रोहितलाई क्याचआउट गरेका हुन् । त्यस्तै भीम सार्की ७ र कुशल मल्ल २ रनमा आउट भए ।

भारतका लागि रवीन्द्र जडेजा र मोहम्मद सिराजले ३/३ विकेट लिए । त्यस्तै मोहम्मद शामीले २ विकेट लिँदा शार्दुल ठाकुर, मोहम्मद शामी र हार्दिक पाण्ड्याले १-१ विकेट लिए ।

नेपालले पहिलो पटक भारतसँग एकदिवसीय खेल खेलेको हो । नेपाल र भारतबीच एसिया कपको समूह चरणको खेल नकआउट प्रवेशको समीकरण बनेको छ । सोमबारको खेल जसले जित्छ त्यही राष्ट्र नै एसिया कपको सुपर फोरमा पुग्नेछ । पाकिस्तान समूह ‘ए’ बाट यसअघि नै अघिल्लो चरणमा प्रवेश गरिसकेपछि नेपाल र भारतको खेल निर्णायक बनेको हो ।

नेपालले टेस्ट राष्ट्रसँग खेल्न लागेको यो पाँचौं र भारतसँग पहिलो अवसर हो । एसिया कपअघि नेपालले विश्वकप छनोटमा जिम्बावे, वेस्ट इन्डिज र आयरल्यान्डसँग खेलेको थियो । नेपालले टेस्ट खेल्ने चार राष्ट्रविरुद्ध यसअघि खेलिएका खेलमा पराजय भोग्दै आएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker