शुक्लागण्डकी महोत्सवमा पालिकास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता सञ्चालन

दुलेगौंडा : चौथो शुक्लागण्डकी महोत्सवको अवसरमा गण्डकी प्रदेश अन्तर पालिकास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । आइतबार व्यास र शुक्लागण्डकीबीच भएको पहिलो खेलमा शुक्लागण्डकी विजयी भयो ।
शुक्लागण्डकीले सोझो ३–० सेटमा व्यासलाई पराजित गरेको खेल व्यवस्थापन समिति संयोजक अमृत घिमिरेले जानकारी दिए । कास्कीको माछापुच्छ«े र तनहुँको घिरिङबीच भएको दोस्रो खेलमा ३–१ सेटमा घिरिङ अघिल्लो चरणमा प्रवेश गरेको छ ।
प्रतियोगितामा प्रथम हुने समुहले नगद २ लाख रुपैया, द्धितीयले १ लाख रुपैया, तृतीयले ५० हजार र सान्त्वना हुनेले २५ हजार रुपैया साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउने संयोजक घिमिरले बताए ।
प्रतियोगितामा १३ समुहको सहभागिता रहेको छ। प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्पाईकर, सटर, डिफेन्टर, ब्लकर, कोच र सर्भरलाई पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
महोत्सवकै अवसरमा शुक्लागण्डकीका २ जना पुराना खेलाडीलाई सम्मान गरिएको छ। श्यामकाजी रिजाल र रमेश केसीलाई सम्मान गरिएको हो । साथै भिम तिमिल्सीना, राजन भुजेल र शिवशंकर महतलाई पनि सम्मान गर्ने कार्यक्रम तय भएको संयोजक घिमिरेले बताए ।
शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव फागुन २० गतेसम्म वडा नं. ५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पस परिसरमा सञ्चालन भइरहेको छ ।
आर्थिक समाजिक खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवद्धन, शुक्लागण्डकी महोत्सव कला सिप र संस्कृतिको संरक्षण भन्ने मुल नाराका साथ हुने महोत्सवमा विभिन्न जातजातिका साँस्कृतिक एवं झाँकी प्रदर्शनी, तीनखोलेदेवी, ढोरवाराही मन्दिर दर्शन, रकगार्डेन, दगाम, भूजिकोट भ्यू टावर, भुमे भैरव मन्दिर तथा ऐतिहासिक स्थानथोक दरवार अवलोकन एवम् मिलेनियम ट्रेक पदयात्रालाई निरन्तरता दिइएको छ । साथै ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा सांगितिक कार्यक्रम, दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रदर्शनी एवं खरिद विक्रि, कृषि उत्पादनहरुको प्रदर्शनी तथा बिक्री समावेश गरिएको छ ।
महोत्सवमा रत्यौली प्रतियोगिता, कौरा नृत्य, विद्यालयस्तरीय खुला नृत्य प्रतियोगिता समेत समावेश गरिएको छ । सम्पूर्ण वडा व्यवस्थापन समिति र महिला उद्यमी विकास समितिको सह–आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ  गण्डकी, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन वोर्डको प्रवद्धनमा महोत्सव भएको हो । महोत्सव अवधिभर २ लाख दर्शकको सहभागिता र करिव ५ करोड रुपैयाको आर्थिक कारोवार हुने अनुमान छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker