तनहुँको भानुमा आयोजित वडाकप फुटबल प्रतियोगितको उपाधी भिमसेनको पोल्टामा
भञ्ज्याङ न्यूज

तनहुँको भानु नगरपालिका वडा नं. १ द्वारा आयोजित प्रथम वडा कप फुटबल प्रतियोगिता-२०७७ को उपाधी भिमसेन यूवा क्लवले आफ्नो पोल्टामा पार्न सफल भएको छ । फाइलन प्रतियोगितामा भिमसेन यूवा क्लवले १ का विरुद्ध २ गोल गरी मिलिजुली यूवा क्लवलाई हराउँदै उपाधि हातपार्न सफल भएको हो ।
प्रथम भएसंगै भिमसेन यूवा क्लवले नगद ७ हजार रुपैयाँका साथमा कप, मेडल र प्रमाणपत्र, द्वितीय मिलिजुली युवा क्लब सांखेटारले नगद ५ हजार, कप मेडल र प्रमाणपत्र हात पारेका छन्।
भानु नगरपालिका वडा नं. १ का युवाहरुबीच आपसी सदभाव कायम राख्दै खेलकुदको माध्यमबाट एकआपसमा चिनजान र नजिक हुन र खेलकुदको बिकास र अनुशासित बन्न प्रेरणा दिने उद्देश्यले फुटबल प्रतियोगिता आयोजना गरेको वडा अध्यक्ष प्रेमबहादुर लामाले बताए ।
खेलमा सहभागी अन्य सम्पूर्ण टिमहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो । अध्यक्ष लामाले सबै सहभागि टिमहरुलाई धन्यवाद सहित प्रगतिको शुभकामना दिएका थिए।
प्रतियोगितामा वडा नं. १ को प्रथम र द्वितीय सहित विकसित युवा क्लब, न्यू बुद्ध युवा क्लब, सालविस्ने युवा क्लब, भन्सार युवा क्लब, सिजन युवा क्लब लगायत गरी अन्य जम्मा ७ टीमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा नेपाली सेनाको श्री ३ जगदलगणले स्वास्थ्य उपचार सेवा र बस्ने टेन्टको व्यस्थापन मिलाएको थियो ।










