शुक्लागण्डकी महोत्सव : पालिकास्तरीय भलिबल प्रतियोगितामा ऋषिङ विजयी

दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ वेलचौतरामा आयोजित चौथो शुक्लागण्डकी महोत्सवको अवसरमा सञ्चालित गण्डकी प्रदेश अन्तर पालिकास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा ऋषिङ गाउँपालिकाको टोली विजयी भएको छ ।
ऋषिङले म्याग्दे गाउँपालिकालाई २–१ सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेकोे हो । खेल व्यवस्थापन समिति संयोजक अमृत घिमिरेका अनुसार अब बाँकी खेल फागुन १८ गतेदेखि सुरु हुने छ । सहभागी समूह कास्कीको माछापुच्छ्रे गाउँपाालिकामा जारी भलिबल प्रतियोगितामा पनि खेल्ने भएकाले केही दिन स्थगित गरेको उनले बताए ।
भलिबल प्रतियोगिताको विजेताले २ लाख रुपैयाँले, उपविजेताले १ लाख रुपैयाँ, तेस्रोले ५० हजार रुपैयाँ र चौंथो हुनेले २५ हजार रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगितामा १३ समुहको सहभागिता रहेको छ । सर्वोत्कृष्ट खेलाडी, स्पाइकर, सेटर, डिफेन्डर, ब्लकर, सर्भर र व्यवस्थापकलाई पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव फागुन २० गतेसम्म बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पस परिसरमा सञ्चालन भइरहेको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker