पालिकास्तरीय भलिबल प्रतियोगितामा शुक्लागण्डकी, हरिनाश र बौदीकाली विजयी

दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिकाको वेलचौतारमा जारी चौथो शुक्लागण्डकी महोत्सवमा आयोजित गण्डकी प्रदेश अन्तर पालिकास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा आइतवार तीन खेल सम्पन्न भएका छन् ।
पहिलो खेलमा घिरिङलाई ३–० को सोझो सेटमा पराजित गर्दै स्याङ्जाको हरिनाश विजयी भयो। दोस्रो खेलमा नवलपुरको बौदीकाली विजयी भयो । बौदीकालीले ऋषिङ गाउँपालिकालाई ३–० सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेकोे खेल व्यवस्थापन समिति संयोजक अमृत घिमिरेले जानकारी दिए ।
यस्तै, आइतबारको अन्तिम खेलमा शुक्लागण्डकी ‘ए’ ले कास्कीको मादी गाउँपालिकालाई ३–१ सेटले पराजित ग¥यो । उनका अनुसार पहिलो चरणका खेल सकिएका छन् ।
प्रतियोगितामा प्रथम हुने समुहले नगद २ लाख रुपैयाँ, द्धितीयले १ लाख रुपैयाँ, तृतीयले ५० हजार र सान्त्वना हुनेले २५ हजार रुपैयाँ साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउने संयोजक घिमिरले बताए । प्रतियोगितामा १३ समुहको सहभागिता रहेको छ ।
उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्पाईकर, सेटर, डिफेन्डर, ब्लकर, कोच र सर्भरलाई पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव फागुन २० गतेसम्म वडा नं. ५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पस परिसरमा सञ्चालन भइरहेको छ ।










