तनहुँको भिमादस्थित जनज्योति क्यामपसमा भलिवल कप–२०८१ प्रतियोगिता

भिमाद : तनहुँको भिमाद नगरपालिका–६ स्थित जनज्योति क्याम्पसमा भलिबल कप–२०८१ सुरु गरिएको छ । प्रजातन्त्र दिवसको अवसरमा जनज्योति क्याम्पसमा “स्वतन्त्र विद्यार्थी यूनियन भलिवल कप–२०८१“ प्रतियोगिताको सञ्चालन गरिएको हो। स्वतन्त्र विद्यार्थी यूनियनको आयोजनामा तथा क्याम्पसको संरक्षकत्वमा आयोजित प्रतियोगितामा विभिन्न विद्यालयका १६ टिमहरूले भाग लिएका थिए ।
प्रतियोगिताको शुभारम्भ गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष, पूर्व आर्थिक मामिला मन्त्री तथा गण्डकी प्रदेश सभा सदस्य जीत प्रकाश आलेले विद्यालय तथा क्याम्पसस्तरबाटै खेलकुदको विकास लागि पहल गर्नुपर्ने बताए ।
स्वतन्त्र विद्यार्थी यूनियनका सभापति विवश पराजुली (विनोद) को अध्यक्षता आयोजित कार्यक्रममा भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदी, ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, भिमाद नगरपालिकाकी उपप्रमुख शारदा खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नकआउट प्रणालीमा खेलाइने प्रतियोगिता आगामी १० गते सम्म सञ्चालन हुने क्याम्पसका प्रमुख केशवराज काफ्लेले जानकारी गराए। प्रतियोगिता शुभारम्भका अवसरमा स्थानीय विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी संगठनका प्रतिनिधिहरू र खेलप्रेमीहरूको सहभागिता रहेको थियो ।
भलिबल प्रतियोगिता क्याम्पसको सामाजिक र सांस्कृतिक गतिविधिहरूको एउटा महत्वपूर्ण अंग बन्न पुगेको क्याम्पस प्रमुख काफ्लेले बताए । यसबाट विद्यार्थीहरूको शारीरिक र मानसिक विकासमा योगदान पु¥याउने विश्वास गरिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker