खाल्डोमा जमेको पानीमा नुहाउन पसेका दाजुभाइको डुबेर मृत्यु

वीरगन्ज : पर्साको ठोरीमा रहेको डेढु खोलामा डुबेर एकै घरका दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ठोरी गाउँपालिका -२ हनुमाननगरका मनोजय कठायतका छोराहरू ८ वर्षीय अंश कठायत र ४ वर्षीय आयंश कठायत रहेका छन् ।

वडाध्यक्ष अमृतकृष्ण सापकोटाका अनुसार,मंगलबार बिहान विद्यालय जानुअघि घरबाट करिब १५० मिटरको दूरीमा रहेको ढेडु खोलामा दुवै दाजुभाइ नुहाउन गएका थिए । खोलामा डोजरले खनेको खाल्डोमा जमेको पानीमा नुहाउन पसेका दुवै दाजुभाइको त्यहि खाल्डोमा डुबेर मृत्यु भएको जिल्ल प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

दुवै बालक पानीमा तैरिरहेको अवस्थामा देखिएपछि स्थानीयले उद्धार गरी ठोरीस्थित अस्पतालमा पुर्‍याउँदा त्यहाँका स्वास्थ्यकर्मीले मृत घोषित गरेको लम्सालले बताए । दुवै बालकको शव पोष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा ल्याउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक लम्सालले जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker