व्यासकी दश वर्षीया बालिकामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि

दमौली : तनहुँमा थप एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको छ । व्यास नगरपालिका–७ निवासी दश वर्षीया बालिकामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

थप एकजनामा पुष्टि भएसँगै जिल्लामा जापानिज इन्सेफलाइटिसबाट सङ्क्रमण हुनेको सङ्ख्या तीन पुगेको छ । यसअघि गत असोज १ गते आँबुखैरेनी गाउँपालिका–१ बरादी निवासी ७१ वर्षीय पुरुष र गत भदौ १० गते भिमाद नगरपालिका–२ निवासी ८० वर्षीय पुरुषमा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको थियो ।

जापानिज इन्सेफलाइटिस सङ्क्रमण देखिएसँगै स्वास्थ्यकर्मीको टोलीले जनसमुदाय स्तरमा स्वास्थ्य सचेतना कार्यक्रम गरेको प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदिप कंडेलले जानकारी दिनुभयो ।

जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने र मस्तिष्कमा सङ्क्रमण हुने रोग हो । यसले सङ्क्रमितको स्नायु प्रणालीलाई अङ्भङ्ग बनाउनुका साथै बिरामीको मृत्यु समेत हुने स्वास्थ्यकर्मी बताउँछन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker