सेती नदी किनार संरक्षणका लागि तटीय क्षेत्रमा तटबन्ध

दमौली । तनहुँ जलविद्युत् आयोजनाले बाँधस्थलभन्दा तलको तटीय क्षेत्रमा बाढीजन्य जोखिम न्यूनीकरणका लागि नदी किनार संरक्षण कार्य अघि बढाएको छ ।

आयोजनाको प्याकेज–१ अन्तर्गत बाँध (हेडवर्क्स) स्थलतल पर्ने ऋषिङ गाउँपालिका–१ को होक्सेटारमा सेती नदीको दायाँ किनार र व्यास नगरपालिका–५ पाटन क्षेत्रमा बायाँ किनारमा ग्याबियन पर्खाल लगाइएका छन् ।

यो संरचनाबाट बाढीको पानी आसपासका जमिन तथा बस्तीमा पस्न नदिने र नदी किनार कटान रोक्ने अपेक्षा गरिएको छ । आयोजनाले यसलाई नदी तटीय क्षेत्रको दीर्घकालीन संरक्षणका दृष्टिले महत्वपूर्ण कार्यका रूपमा लिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker