मुग्लिन–नारायणगढ सडकमा बस र ट्रकसहित ७ गाडी ठोक्किए : २१ जना घाइते

चितवन । नारायणगढ- मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडी एक आपसमा ठोक्किँदा २१ जना घाइते भएका छन् । आज बिहान करिब साढे ७ बजे सातवटा गाडी एकपछि अर्को गर्दै ठोक्किएको थियो ।

चितवन प्रहरीका प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार आज बिहान मुग्लिङबाट नारायणगढ तर्फ आउदै गरेको ना ८ ख ६६२९ नं. को ट्रक र नारायणगढबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ७४२० नं. को बस ठक्कर खाएको थियो ।
त्यसपछि बसको पछाडि ना ७ ख ९६०७ नं. को टेलर, टेलरको पछाडी बा.प्र. ०६-००१ ग ०४८४ नं. को इभी माइक्रो र माइक्रोबसको पछाडि रहेको ग २ ख १६२६ नं.ल. को बस, ठोक्किएर थियो । सोही बसको पछाडी रहेको ना ३ च ३२५६ नं. को बलेरो र पछाडी BAB ८४७० नं. को कार ठक्कर खाएर ठूलो दुर्घटना भएको हो ।

दुर्घटनामा सातवटा सवारीमा रहेका २१ जना घाइते भएकोमा प्रहरीले घाइतेहरु सबैको उद्दार गरि भरतपुर स्थित विभिन्न अस्पताल ल्याएको जनाइएको छ । घाइते मध्ये १३ जना नेशनल सिटी अस्पताल, ४ जना नयाँ मेडिकल कलेज भरतपुर, ४ जना जनता केयर अस्पताल ल्याइएको डिएसपी खनालले बताए । घटनाको अझ थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी प्रवक्ता खनालले जनाएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker