तनहुँ युनेस्कोद्वारा आयोजित रक्तदानमा १९ पिन्ट संकलन

दमौली : तनहुँ युनेस्को क्लवले बुधबार दमौलीमा आयोजित रक्तदानमा १९ पिन्ट रगत संकलन भएको छ । प्रदेश अस्पताल दमौलीमा रगतको माग पूरा गर्न क्लवले स्थापना दिवसको अवसर पारेर व्यास नगरपालिका–३ प्रशासनचोकमा रक्तदान कार्यक्रम गरेको हो ।

अस्पतालमा विभिन्न प्रकारका बिरामीलाई रगतको आवश्यकता भइरहने र अस्पतालमा रगतको अभाव भएकाले क्लवले स्थापना दिवसलाई सामाजिक कार्यसँग जोडेको क्लवका अध्यक्ष सरोज भण्डारीले बताए । उनका अनुसार रक्तदानमा १९ पिन्ट रगत संकलन भएको छ । भण्डारीले क्लवले शिक्षा, स्वास्थ्य, पुरातात्विक क्षेत्रको संरक्षणमा काम गर्ने उल्लेख गरे ।

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले क्लवले रक्तदान कार्यक्रम आयोजना गरी पुण्यको काम गरेको बताए । उनले समाजमा गलत भाष्य निर्माण भइरहेको भन्दै त्यसलाई चिर्नेतर्फ संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले रक्तदान जस्तो पुण्यको काम अरु नहुने भन्दै रगतको अभावमा कसैले पनि अकालमा ज्यान गुमाउन नहुने धारणा राखे ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker