१५ स्वर्ण पदकसहित च्याम्पियन बन्यो शुक्लागण्डकी (कुन पालिकाले कति पदक जिते ?)

भिमाद : तनहुँको भिमाद नगरपालिकाको खेलमैदानमा सञ्चालित १७औं संस्करणको तनहुँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १५ स्वर्ण पदकसहित शुक्लागण्डकी नगरपालिका च्याम्पियन बन्न सफल भएको छ ।

भिमाद रंगशालामा विहीबार र शुक्रबार सञ्चालित रनिङ शिल्ड प्रतियोगितामा सहभागी तनहुुँका ९ स्थानीय तहलाई पराजित गर्दै शुक्लागण्डकी च्याम्पियन बनेको हो ।

शुक्लागण्डकीले ९ रजत र ५ कास्य पदक पनि जित्न सफल भएको छ । योसँगै शुक्लागण्डकी लगातार दोस्रो पटक च्याम्यिन बन्न सफल भएको हो ।

यस्तै, प्रतियोगितामा व्यास नगरपालिका द्धितीय हुन सफल भएको छ । व्यासका विद्यार्थी खेलाडीले ५ स्वर्ण, ४ रजत र ३ कास्य पदक जितेका छन् ।

यता ३ स्वर्ण, ३ रजत र २ कास्य पदक जित्दै घिरिङ गाउँपालिका तृतीय हुन सफल भएको छ ।

ऋषिङ गाउँपालिकाले ३ स्वर्ण र १ कास्य पदक जितेर चौंथो बनेको छ भने २ स्वर्ण, ६ रजत र ४ कास्य जित्दै म्याग्दे गाउँपालिकाले पाँचौ स्थान ओगट्न सफल भएको छ । भानु नगरपालिकाले १ स्वर्ण, १ रजत र ५ कास्य जित्न सफल भएको छ ।

यस्तै, प्रतियोगितामा आँवुखैरेनी गाउँपालिकाले १ स्वर्ण, १ रजत र ३ कास्य, भिमाद नगरपालिकाले ६ रजत र ३ कास्य पदक, देवघाट गाउँपालिकाले ३ कास्य र बन्दीपुर गाउँपालिकाले १ कास्य पदक जितेका छन् ।

विजेता खेलाडी तथा स्थानीय तहलाई भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदी, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित, भिमादकी उपप्रमुख शारदा खनाल, शुक्लागण्डकीका उपप्रमुख खुमबहादुर विक ‘राजु’, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डे लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकाबाट ५५० विद्यार्थी सहभागि भएका थिए । पहिलोपटक सदरमुकाम दमौलीबाहिर जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरिएको र यस प्रतियोगिताबाट प्रदेशस्तरीय रनिङ शिल्डका लागि खेलाडी छनोट हुने जिल्ला खेलकुद विकास समिति तनहुँले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker