पक्की पुलको ढलानको तयारी

तनहुँको व्यास नगरपालिका–११ स्थित परासर मोटर मार्ग अन्तर्गत घाँसीकुवामा निर्माणाधिन पक्की पुल ढलानका लागि आवश्यक तयारी गरिदै । उक्त पुलको बुधबार व्यास नगरपालिकाका नगरप्रमुख सहितको टोली स्थलगत अनुगमन गरेको थियो। व्यासको गौरवको आयोजनाका रुपमा रहेको यस मार्गलाई विश्व बैंकको अनुदानमा पक्की नालासहित कालोपत्र गर्नेलाई अगाडि बढाइएको छ ।

व्यास–७, ९, १० र ११ वडालाई जोड्ने गरी निर्माण भइरहेको चक्रपथ मार्गको स्तरोन्नतिका लागि निर्माण कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट) सहित रु ४० करोड ८३ लाख ३५ हजार ९२१ मा ठेक्का सम्झौता गरेको छ । पराशर मार्गअन्तर्गत पर्ने बुल्दीखोला, घाँसीकुवा बेल्टारी, अधेँरी भञ्ज्याङ, पोख्रेलफाँट, कुमाल गाउँ, समता विद्यालय, नराङ हुँदै कलेस्तीसम्म १०.६ किलोमिटर कालोपत्र गरिने नगरपालिकाकाले जनाएको छ । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker