“ठाडोभाका”को संरक्षणका लागि दमौलीमा तीन दिने प्रशिक्षण

दमौली : तनहुँको व्यास नगरपालिकाले लोपोन्मुख बन्दै गएको ठाडोभाका गीतको संरक्षणका लागि प्रशिक्षण सञ्चालन गरेको छ । गण्डकी प्रदेशको अमूल्य र मौलिक सांस्कृतिक पहिचान मानिने ‘ठाडोभाका’ लोकगीतलाई लोप हुनबाट बचाउन तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यका साथ नगरपालिका प्रशिक्षण सञ्चालन गरेको हो ।

नगरपालिकाद्वारा स्थापित व्यास नगर प्रज्ञा प्रतिष्ठानले ‘लोक संस्कृतिको उत्थान एवं संरक्षण– हाम्रो अभियान’ भन्ने मूल नाराका साथ शुक्रबारदेखि दमौलीमा तीन दिने प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ ।

प्रशिक्षणको शुभारम्भ गर्दै व्यास नगरपालिकाका प्रमुख एवं प्रज्ञा प्रतिष्ठानका कुलपति वैकुण्ठ न्यौपानेले मौलिक कला र संस्कृति नगरको अमूल्य सम्पत्ति भएको बताए । उनले भने, ‘हाम्रो पहिचान झल्काउने ठाडोभाकाजस्ता संस्कृतिहरू ओझेलमा पर्नु चिन्ताको विषय हो । यसको जगेर्ना र नयाँ पुस्तामा सीप हस्तान्तरण गर्नु नगरपालिकाको मुख्य दायित्व ठानेर हामीले यो विशेष पहल सुरु गरेका हौँ ।’

नगरपालिकाले भाषा, कला र संस्कृतिको संवद्र्धनलाई प्राथमिकतामा राखेर वार्षिक बजेट नै तय गरेको उपप्रमुख इन्दिरा दरैले बताइन् । उनले भनिन्, ‘स्थानीय संस्कृतिको संरक्षणले नगरको पर्यटन र पहिचानमा दीर्घकालीन टेवा पुग्ने हाम्रो विश्वास छ ।’

प्रतिष्ठानका उपकुलपति एवं वरिष्ठ साहित्यकार काशीनाथ न्यौपानेले ठाडोभाकालाई समाजको जीवन्त इतिहासको रूपमा व्याख्या गरे । पुस १९ गतेसम्म चल्ने यस प्रशिक्षणमा प्रख्यात गायक बुद्धिमान दुरा (धम्पु) सँगै सिता दुरा, अक्कल बिरही गुरुङ र अनिता गुरुङले प्रशिक्षण दिने बताइएको छ ।

लमजुङका स्व. भेडिखर्के साइँलोले जोगाएको यो विरासतलाई बचाउन नगरपालिकाले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान र दुरा सेवा समाजसँग सहकार्य गरेर समुदायमा आधारित संरक्षणका लागि पहल गरेको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker