दमौली अस्पताल र जिपी कोइराला श्वासप्रश्वास केन्द्रलाई ३० लाखको स्वास्थ्य सामग्री सहयोग

भञ्ज्याङ न्यूज

कारितास नेपालले तनहुँका दुइ अस्पताललाई रु ३० लाख भन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोभिड-१९ महामारी नियन्त्रणका लागि यस संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोगमा सदरमुकाम स्थित दमौली अस्पताल र शुक्लागण्डकीस्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई रु ३० लाख ५२ हजार १५७ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

दमौली अस्पताललाई रु १९ लाख १५ हजार १२३ र जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई रु ११ लाख ३७ हजार ३४ बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको छ । ती सामग्री कारितास नेपालका प्राविधिक संयोजक राजेश सुनुवार र कार्यक्रम संयोजक हरिसिं कुँवरले दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीलाई शुक्रबार हस्तान्तरण गर्नुभयो ।

दमौली अस्पताललाई शयया, अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, मास्क, स्यानिटाइजर, पिपिई, पञ्जा, फेससिल्ड, स्यानिटाइजर लगायतका सामग्री सहयोग गरिएको छ । त्यस्तै जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका लागि पनि अस्पताल शयया, अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, मास्क, स्यानिटाइजर, पिपिई, पञ्जा, फेससिल्ड, स्यानिटाइजर लगायतका सामग्री सहयोग गरिएको छ ।

कोभिड-१९ न्यूनीकरणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्झौता गरी सामग्री हस्तान्तरण गरिएको कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार सो संस्थाले गण्डकी प्रदेश अर्न्तर्गतका विभिन्न अस्पताललाई रु एक करोड २० लाखभन्दा बढीको स्वास्थ्य सामग्री सहयोग गर्नेछ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले स्वास्थ्य सामग्रीले स्वास्थ्यकर्मीलाई प्रेरणा मिल्ने र कोभिड संक्रमितको उपचारमा सहयोग पुग्ने बताउनुभयो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुनिल पौडेलले माग गरेका सामग्री सहयोग प्राप्त हुँदा कोभिड उपचारमा सहज वातावरण सिर्जना भएको बताउनुभयो । विभिन्न संघसंस्थाको सहयोगमा अस्पताललाई सामग्री सहयोग भइरहेको डा पौडेलले जानकारी दिनुभयो ।

दमौली अस्पताल र जिपीका अलवा गोरखा अस्पतालका लागि रु १३ लाख ३७ हजार ४१२, लमजुङ अस्पतालका लागि रु १३ लाख ६५ हजार ८४९, सरुवा रोग संक्रामक अस्पताल पोखराका लागि रु १९ लाख २८ हजार ४६८, आँपपीपल अस्पताल गोरखाका लागि रु आठ लाख ३१ हजार ९१७ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि रु ३५ लाख ८२ हजार ६०८ बराबरको स्वास्थ्य सामग्री सहयोग गरिने संस्थाले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker