पाहुनलाई कोदोको रोटी

तनहुँको व्यास नगरपालिका–१४ स्थित रुम्सी घरबास -होमस्टें)मा पुगेका पाहुनालाई खाजा खुवाउन कोदोको रोटी तयार गर्दै स्थानीय महिलाहरु। मगर समुदायको संस्कार संस्कृति अध्ययन अवलोकनका साथै स्थानीय खानाका परिकारउपभोगका लागि पछिल्लो समय रुम्सीमा आन्तरिक तथा वाह्य पर्यटक पुग्न थालेका छन् । व्यास नगरपालिकाले पनि यस गाउँलाई नमुना होमस्टेका रुपमा विकास गर्ने उद्देश्यले प्रवर्द्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । तस्विर : सम्झना रासाइली/भञ्ज्याङ










