‘महामारीपछि सामसुङको लोकप्रियता बढ्यो, एस २१ले अझै बढाउँछ’

कोभिड पछि मोबाइल फोनको व्यापार निकै वृद्धि भएको छ । अझ सामसुङ ब्राण्डका मोबाइलहरुमा सर्वसाधारणको आकर्षण निकै बढेको सामसुङको नेपाल कार्यालयका जनरल म्यानेजर प्रणयरत्न स्थापित बताउँछन् ।

कोभिडपछि मोबाइल फोनको आवश्यकता धेरै महशुस भएको र यसले बजार बढाएको उनको अनुभव छ । सामसुङले हालै आफ्नो नयाँ एस सिरिज सार्वजनिक समेत गरेको छ ।

प्रस्तुत छ, मोबाइल बजारको वर्तमान अवस्था र सामसुङको नयाँ डिभाइसका विषयमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश :

पछिल्लो समय मोवाइल बजारको अवस्था के छ ?

लामो समय लकडाउन भयो । कोभिड पछाडि मोवाइलको माग बढेको छ । कोभिड नियनत्रण गर्न गरिएको लकडाउनका कारण सबै भरभित्रै बस्नु पर्यो । घरभित्रै बस्दा धेरैलाई इन्टरनेटको आवश्यकता पर्यो । खासगरी घरमा बसेर अनलाइन क्लास लिन होस् या विभिन्न अनलाइन छलफलहरुमा बस्न होस् मोबाइल डिभाइसको आवश्यकता पर्यो ।

बाहिर जान नपाएका कारण लकडाउनका बेला बिक्री धेरै हुन नसकेपनि त्यसबेला मोवाइल डिभाइसको आवश्यकता धेरै महशुस भएको थियो । जसले गर्दा लकडाउन खुलेसँगै मोबाइल डिभाइसको माग हृवात्तै बढ्यो । विद्यार्थीहरुलाई पनि अनलाइन कक्षा लिनका लागि पनि माबाइल चाहिने नै भयो । मोबाइलबाट पढ्न पनि सहज भयो ।

अर्को प्रोफेसनल काम गर्नेहरुलाई पनि अफिसियल मिटिङहरु बस्नका लागि मोबाइल फोनको आवश्यकता बढ्यो । अहिले हामी पनि धेरे मिटिङहरु अनलाइन नै बस्छौं ।

अर्को भनेको गेमहरु खेल्नका लागि पनि राम्रो मोबाइल डिभाइस चाहियो । अनलाइन गेमहरु खेल्नका लागि पनि मोबाइलको डिमाण्ड बढेको छ । यी सबै कारणले गर्दा सबैतिर मोवाइलको माग निकै बढेको छ ।

कोभिडका कारण धेरै उद्योग व्यवसायहरु बन्द भए । यसको कारण अर्थतन्त्रका धेरै क्षेत्रमा निकै ठूलो असर गर्यो । तर अन्य क्षेत्रको भन्दा मोवाइलमा कम असर परेकै हो ।लकडाउनको बेला चाहिँ मोवाइल बजारको अवस्था के थियो ? खासगरी कहिलेदेखि मोवाइलको धेरै माग बढेको हो?

लकडाउनको शुरुवाती अवस्थामा व्यापार व्यवसाय पुरै ठप्प नै थियो । शुरुको तीन महिना त हामी पुरै भित्रै बस्यौं । लकडाउनको बेला त व्यापार हुने कुरा भएन । त्यसपछि क्रमशः बढ्दै गयो। खासगरी लकडाउन खुल्ने बित्तिकै एकदमै बाढी आए जत्तिकै गरेर डिमाण्ड बढेको हो ।

पहिलो कुरा त केहि समय व्यापार नै हुन सकेको थिएन, त्यो केहि समयपछि सरेको थियो । दोस्रो कुरा सबैलाई मोवाइल डिभाइसको आवश्यकता नै बढ्यो । आवश्यकता बढेपछि माग त बढ्ने नै भयो ।

समग्र मोवाइलको माग राम्रो हुँदा सामसुङको चाहिँ व्यापार कस्तो छ ?

नेपलामा मात्रै नभएर विश्व बजारमा नै समासुङ मोवाइल नम्बर वान ब्राण्ड हो । धेरै वर्षदेखि नेपालको सबैभन्दा लोकप्रिय, सबैको रोजार्यमा पर्ने ब्राण्ड नै सामसुङ बनेको छ । विश्वमै आईटी क्षेत्रमा सामसुङ सबैभन्दा धेरै रिसर्च र डेभलपमेन्टमा लगानी गर्ने कम्पनी हो । आईटी भने पछि सबै इनोभेसनका कुराहरु भए ।

हार्डवेयरमात्रै होइन इनोभेसनको कुरा हो । नयाँ प्रविधिहरु बनाउने नयाँ नयाँ आविष्कार गर्ने कुरा हो । यसले गर्दा नेपालका ग्राहकहरुले पनि बुझ्नु भएको छ । बेस्ट सिरिज भनेर हामीले हरेक अंग्रेजी वर्षको सुरुको महिनाहरुमा नयाँ लञ्च गर्छौ ।

भर्खरै हामीले नयाँ डिभाइस लञ्च गरेका छौँ । ग्राहकहरुको पनि निकै चासो हुन्छ । सामसुङले यसपाली कस्तो डिभाइस ल्याउला भन्ने चासो हुन्छ । कस्तो क्यामेरा, कस्तो डिस्प्ले ल्याउला भन्ने हुन्छ । प्रोसेसरहरु कस्तो आउछ, कस्तो मूल्यमा आउछ भन्ने चासो हामीले ग्राहकहरुमा पाउँछौं ।

यहाँको मध्यम र इन्ट्री लेभलमा पनि ग्राहकको आकर्षण धेरै छ । यो बिचमा अन्य नयाँ नयाँ ब्राण्डहरु पनि आएका छन् । निकै प्रतिष्पर्धा पनि भएको छ । बजार हो, प्रतिष्पर्धा भइहाल्छ । हामी यसलाई सहजै स्विकार्छौ । यो प्रतिष्पर्धाले हामीलाई अझै राम्रो गर्न प्रेरित गर्छ ।

नयाँ फिचरहरु ल्याउनु पर्यो, मूल्य पनि सोहि अनुसारको हुनु पर्यो भन्ने हुन्छ । ग्राहकहरुको चाहाना अनुसार ल्याउन सक्नु हाम्रो चाहाना हो । समग्रमा भन्नुपर्दा सामसुङको लोकप्रियता कोभिडपछि झन धेरै बढेको छ । अब एस २१ सिरिजले अझै बढाउँछ भन्ने हाम्रो विश्वास छ ।अहिले बजारमा धेरै ब्राण्डका मोबाइलहरु प्रसस्तै छन् । प्रतिस्पर्धा त झन धेरै बढेको होला होइन?

प्रतिस्पर्धा जुनसुकै व्यवसायमा बढेको राम्रो हुन्छ । प्रतिस्पर्धा बढ्दा सबैलाई आफू राम्रो हुनुपर्छ भन्ने हुन्छ । हाम्रो खुला बजार अर्थतन्त्र हो । सबै ब्राण्डका प्रोडक्टहरु आउन सक्छन् ।

तर सामसुङलाई त्यति ठूलो असर गरेकेा छैन । यो प्रतिस्पर्धाले हामीलाई अझ उचाईमा लगिरहेकेा छ । हामी अरुसँग होइन आफैसँग पनि प्रतिस्पर्धा गरेर थप बलियो र राम्रो हुन्छौं ।

हामीले नयाँ नयाँ फिचरहरु भएका डिभाइसहरु ल्याइरहेका छौँ । हामीले १०१ मेगापिक्सलको क्यामेरा भएको डिभाइस लञ्च गर्यौ । १०२० हर्ज स्क्रीन भएको नेपालमा पहिलो पटक हामीले ल्याएका हौं । हामलसालै पनि केही महिना अगाडि जि फोल्ड डिभाइस ल्यायौँ । जसको स्त्रिmन पट्याउन मिल्ने सुविधा छ ।

त्यो हामीले नै नेपालमा पहिलो पटक ल्याएका हौँ । जो ग्राहकहरु ग्लोबल इनोभेसनलाई प्रयोग गर्न चाहानुहुन्छ, उहाँहरुलाई हामीले पि्रमियम डिभाइस उपलब्ध गराएका छौँ । हरेक वर्गलाई लक्षित गरेर हामीले प्रोडक्टहरु ल्याएका छौं । हामी अझै नयाँ प्रविधिसहितका नयाँ प्रोडक्टहरु ल्याउनेछौँ ।

भर्खरै सामसुङको नयाँ डिभाइस पनि नेपाल भित्र्याएको छ, यसको विषयमा पनि थोरै जानकारी दिनुस् न ।हामीले नयाँ सिरिजको ग्लालेक्सी एस लन्च गरेका छौँ । एस सिरिज भन्ने वित्तिकै जहिले पनि नयाँ विशेषता, नयाँ आविष्कारहरुको परिचयको रुपमा बुझ्छौं । इनोभेसन रुचाउने हाम्रा ग्राहकहरुका लागि लक्षित गरेर यो फोन लन्च गरेका हौं । यसमा कुनै उमेर वा लिंग लक्षित गरेका छैनौं । नयाँ चिज, नयाँ अविष्कार, नयाँ प्रयोगमा रमाउन चाहानेका लागि यो फोन धेरै राम्रो छ ।

सामाजिक सञ्जालमा रमाउन चाहानेहरुका लागि पनि यो धेरै राम्रो छ । यसमा धेरै फिचरहरु छन्, जसमा केही मूख्य फिचरहरुम्ाात्रै म यहाँ भन्न चाहान्छु । यसको क्यामेराको क्वालिटी एकदमै राम्रो छ । अहिले हामीले तीन प्रकारका फोनहरु लन्च गरेका छौंँ । यसमध्ये एस २१ अल्ट्रा दुई वटा कलर (रङ्ग) र ग्यालेक्सी एस २१ प्लस तीन वटा कलरमा उपलब्ध छन् ।

साइजको कुरा गदौ एस २१ अल्ट्रा ६.८ इञ्चको स्क्रीन छ भने एस २१ प्लस ६.७ इञ्च र एस २१ मा ६.२ इञ्चको स्क्रीन छ । अल्ट्रामा चारवटा क्यामेरा छ । एउटा मूख्य लेन्स १०८ मेगा पिक्सलको क्यामेरा छ । वाइड लेन्स, जुम लेन्स लगायतका सुविधाहरु छन् । यसले एक सय टाइम्स जुम गर्न सक्छ । मधुरो प्रकाशमा पनि निकै राम्रो फोटो आउछ ।

अध्यारोँमा फोटो खिच्न धेरै उपयोगी छ । यहाँ प्रयोग गरिएको स्क्रीन एकदमै राम्रो छ । ३ सेकेन्डमा फोन रिप्लेस्मेन्ट हुन्छ । कुनै मोवाइल चलाउदा स्कि्रिन सार्दा सरर नसर्न सक्छ । तर यो सहजै सर्छ । जसले अनलाइन गेमहरु खेल्नका लागि पनि धेरै सजिलो हुनेछ । यसमा अड्की-अड्की सरेको जस्तो फिल हुँदैन । गेम खेल्दा यसको फास्ट रेस्पोन्स हुन्छ ।

मोबाइल फोनको मुटु भनेको प्रोसेसर हो । यहाँ एकदमै लेटेस्ट प्रोसेर प्रयोग गरिएको छ, जुन एकदमै राम्रो र छिटो छ । यो मोबाईलमा फोटोका लागि जुम सुविधा र लेजर अटो फोकस, फाइभ जी मोडेल र ५ नानोमिटर प्रोसेसर जस्ता अत्याधुनिक विशेषता रहेको छ । यस्तै यी मोबाइलको १ वर्षको बिमा सुविधा पनि रहेको छ ।

यि मोवाइलहरु कति मूल्यदेखि कति मूल्यसम्ममा उपलब्ध छन् ?

राम्रो भएपछि अलि मूल्य पनि राम्रो नै हुने भइहाल्यो । यी डिभाइसहरु एकदमै उचित मूल्यमा उपलब्ध छन् । मूल्यको कुरा गर्नु पर्दा एस२१ अल्ट्राको १ लाख ५४ हजार ९ सय ९९ रुपैयाँ बजार मूल्य रहेको छ । एस २१ प्लसको मूल्य भने १ लाख २९ हजार ९ सय ९९ रुपैयाँ र एस २१ को १ लाख ९ हजार ९ सय ९९ रुपैयाँ मूल्य राखेका छौँ ।

ग्राहकहरुको चाहाना इच्छाहरु फरक-फरक हुन्छ । आफ्नो इच्छा अनुसार मूल्य, साइज, कलर रोजेर किन्न सक्नुहुनेछ । केहि समय अघि हामीले पि्र बुकिङ खुला गरेका थियौं । ग्राहकहरुको एकदमै आकर्षण देखिएको थियो । प्रि-अर्डर पहिलेका वर्षहरु भन्दा धेरै बढेका छन् ।

कोभिडपछि राम्रो डिभाइसको चाहाना बढेको छ । हामीले सहजताका लागि ईएमआईको सुविधा पनि ल्याएका छौं । थोरै मासिक किस्ताको भरमा यो मोवाइल किन्न सक्नुहुनेछ । ब्याजदर निःशुल्क गरेका छौंँ । हामी नेपालीहरुसँग ठूलो रकम नगद नै नहुन सक्छ ।

यसले हामीले सजिलै मोबाइल किन्न पाउनुहोस् भनेर ब्याजको बोझ समेत नहोस् भनेर शून्य ब्याजदरमा नै यो मोवाइल किन्न सक्नुहुन्छ । न्युनतम ९ सय २ सय रुपैयाँ महिनामा बुझाउने गरी यो मोवाइल किन्न सकिनेछ ।

यसमा कुनै ब्याजदर वा अतिरिक्त शुल्क तिर्नुपर्ने छैन । बजार मूल्यमा नै मोबाइल किन्न सकिनेछ । यहाँ लाग्ने सबै चार्जहरु कम्पनीले नै व्यवस्थापन गरेको छ । मोबाइल किन्न चाहाना छ, तर नगद रकम छैन भन्नेहरुका लागि शून्य ब्याजदरमा ईएमआईको व्यवस्था गरेका छौँ ।पुरानो डिभाइस भएकाहरुले एक्सचेञ्ज कार्यक्रम पनि ल्याएका छौँ । केही आउटलेटहरुबाट एक्सचेन्ज भ्यालूमा थप ३ हजार रुपैयाँ समेत थपिदिन्छौं, त्यो मूल्य घटाएर नयाँ मोवाइल किन्न सकिनेछन् । अब अर्को महत्वपूर्ण कुरा भनेको मोवाइलको स्क्रीन फुट्ने तनाब पनि हुनसक्छ । यो नहोस् भनेर हामीले बिमाको व्यवस्था गरेका छौं ।

खसेर स्क्रीन फुटिहाल्यो भने बिमाले नै कभर गरिदिन्छ । बिमाको लागि ग्राहकले प्रिमियम पनि तिर्नु पर्दैन । हामीले नै तिरिदिएका छौं । ग्राहकले निःशुल्क बिमा सुविधा पाउनु हुनेछ । सामसुङ एकदमै लोकपि्रय ब्राण्ड हो । यो हुनुको कारण ग्राहकको विश्वासकै कारण हो ।

कुनै वस्तु किन्नेमात्रै होइन, किनेपछिको सर्भिस कस्तो हुन्छ भन्ने कुरा पनि महत्वपूर्ण हुन्छ । हाम्रो सबैभन्दा ठूलो सर्भिस सेन्टरहैको नेटवर्क छ । देशका मूख्य १९ सहरहरुमा सर्भिस सेन्टरहरु छन् । मोबाइलमा कुनै समस्या आयो भने त्यहाँ बनिहाल्छ । यसकाकारण सामसुङका ब्राण्डहरु ढुक्क सँग चलाउन सकिन्छ । एजेन्सी

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker