फाेटाे फिचर
-
८ श्रावण २०८०, सोमबार ११:१४
सडक सुरक्षाका लागि ट्राफिक सचेतना
तनहुँको आँबुखैरेनी गाउँपालिका-४ पुलजीपमा ग्रामीण सडक सुरक्षा कार्यक्रम अन्तर्गत ट्राफिक सचेतना प्रदान गर्दै प्रहरी। समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरीले दुर्घटना न्यूनीकरणका लागि गाउँ-गाउँमा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
७ श्रावण २०८०, आईतवार ११:२९
स्तरोन्नतीको पर्खाइमा श्रृङ्ग मार्ग
तनहुँको श्रृङ्ग मार्ग अन्तर्गत भिमाद नगरपालिकाको देउराली खण्डको सेर्का मिर्छुर्लुङमा भाँसिएर सडक । खण्डमा ४/५ गाउँमा यसरी सडक भाँसिदा सडक आवगमन अवरुद्ध हुने अवस्थामा पुगेको छ । वि.सं. २०२० सालमा सडकको ट्रयाक खनिएपनि हालसम्म सडकको स्तरोन्नती हुन नसकेको र राजनीतिक दलका नेताहरुले निर्वाचनको समयमा सडक…
पुरा पढ्नुहोस -
७ श्रावण २०८०, आईतवार ११:२३
फेवातालबाट जलकुम्भी झार निकालिदै
पोखराको पर्यटकीय आकर्षण फेवातालमा फैलिएको जलकुम्भी झार निकाल्दै । शनिबार पोखराका स्थानीय तथा विदेशी नागरिकहरु जलकुम्भी झार निकाल्न सहभागि भएका थिए । तस्बिर : ऋषिराम बराल/रासस
पुरा पढ्नुहोस -
५ श्रावण २०८०, शुक्रबार ११:११
व्यवहारिक शिक्षा
तनहुँको ऋषिङ गाउँपालिका-८ स्थित शिव सरस्वती माध्यमिक विद्यालयमा १८ महिने प्री डिप्लोमा भेटेरिनरी जेटिए पढ्दै गरेका विद्यार्थीहरु बोकाको स्थायी बन्ध्याकरण गर्दै । शिक्षकले पढाएका कुरा अभ्यासमा उतार्न गाउँमा पालिएका ब्रोइलर कुखुरा, पाडा, बाख्राहरुको दाना पानी र फर्मको व्यस्थपानका साथै पाठ्यक्रममा आधारित पशुपालन र उपचारमा समेत…
पुरा पढ्नुहोस -
५ श्रावण २०८०, शुक्रबार ११:०२
वृक्षारोपणमा सहभागि बालबालिका
तनहुँको आँवुखैरेनी गाउँपालिका-६ हिलेखर्क स्थित कन्यादेवी माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरु विद्यालय हाताभित्र विभिन्न प्रजातिका विरुवा रोपण कार्यमा सहभागि हुँदै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
४ श्रावण २०८०, बिहीबार ११:२६
भानुभक्तकालिन सामाग्रि
भानु जन्मस्थल चुँदीरम्घामा रहेको संग्राहलयमा राखिएका भानुभक्तकालिन सामाग्रिहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
४ श्रावण २०८०, बिहीबार ११:२५
हलो र गोरुको विकल्पमा मिनी ट्याक्टर
तनहुँको भानु नगरपालिका-१३ मिर्लुङका एक कृषक धान रोपाइका लागि मिनी ट्याक्टरबाट खेत जोत्दै । लम्पी स्किन रोगका कारण गोरु विरामी भएपछि ग्रामीण क्षेत्रका कृषकहरुले हलो र गोरुको विकल्पमा मिनी ट्याक्टरको प्रयोग गरी धान रोपाई गरेका छन् । लामो खडेरी, समयमा प्रयाप्त पानी नपर्नु तथा लम्पी…
पुरा पढ्नुहोस -
४ श्रावण २०८०, बिहीबार ११:१८
हेलिकप्टरबाट लिएको बुढीगण्डकी नदी र आसपास क्षेत्र
गोरखाको गण्डकी गाउँपालिका-८ सिउरेनिटारस्थित बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको फिल्ड कार्यालय उद्घाटन गर्न जाँदा बुढीगण्डकी नदीको अवलोकनका क्रममा बुधबार हेलिकप्टरबाट लिएको बुढीगण्डकी नदी र आसपास क्षेत्रको दृश्य । तस्बिर : प्रदीपराज वन्त/रासस
पुरा पढ्नुहोस -
४ श्रावण २०८०, बिहीबार ११:१६
निर्माणाधिन तनहुँ जलविद्युत आयोजना
तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्याकेज एक अन्तर्गतको निर्माणस्थल । पहिलो प्याकेज अन्तर्गत १४० मिटर अग्लो कङ्क्रिट बाँध, नदी फर्काउने सुरुङ, अस्थायी बाँध लगायतका संरचना निर्माण गरिदै छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस