फाेटाे फिचर
-
२५ बैशाख २०८३, शुक्रबार १२:१०मौरी कसरी पाल्ने ?
तनहुँको ऋषिङ गाउँपालिका–३, दुबुङमा कृषि विकास कार्याल्य तनहुँले सञ्चालन गरेको मौरी पालन प्रविधि सम्बन्धी स्थलगत तालिम तथा ग्रामीण पोषण सुरक्षण तथा सामग्री हस्तान्तरण कार्यक्रमका सहभागिहरु । कार्यक्रममार्फत सहभागि कृषकहरूलाई आधुनिक मौरी पालन सम्बन्धी व्यावहारिक ज्ञान, सीप तथा आवश्यक सामग्री प्रदान गरिएको थियो । यस कार्यक्रमले…
पुरा पढ्नुहोस -
२५ बैशाख २०८३, शुक्रबार १२:०९पोषण लेखाजोखा अभियान
तनहुँको शुक्लागण्डकी नगरपालिका अन्तर्गत खैरेनीटार स्वास्थ्य चौकी दुलेगौंडाद्वारा सञ्चालन गरिएको राष्ट्रिय पोषण लेखाजोखा अभियान–२०८३ अन्तर्गत बालबालिको पोषण अवस्थाको लोखाजोखा गरिदै । स्वास्थ्य चौकीले समुदाय, विद्यालय तथा स्वास्थ्य संस्थामार्फत वैशाख १५ गतेदेखि ६ महिनादेखि ५९ महिनासम्मका बालबालिका तथा सुनौलो हजार दिनका आमाहरूका लागि लक्षित यस कार्यक्रममा…
पुरा पढ्नुहोस -
२३ बैशाख २०८३, बुधबार १२:२७पुनः प्रयोगयोग्य प्याड निर्माण तालिम
तनहुँको ऋषिङ गाउँपालिका स्वास्थ्य शाखाले सञ्चालन गरेको æमहिनावारी स्वच्छता तथा पुनः प्रयोगयोग्य कपडा प्याड बनाउने तालिमÆमा सहभागि स्थानीय महिलाहरु । जैसिहटिया आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आयोजित उक्त तालिममा १० देखि ४० वर्ष उमेर समूहका ३५ जना महिलाहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागी महिलाहरूले आफ्नै…
पुरा पढ्नुहोस -
२२ बैशाख २०८३, मंगलवार ११:४८दुई जिल्ला जोड्ने निर्माणाधिन पुल
तनहुँको ऋषिङ गाउँपालिका–३ र नवलपुरको बुलिङटार गाउँपालिका–१ थमबेसी जोड्ने निर्माणा धिन पक्कि पुल । निर्माण व्यवसायीले पुल निर्माणको कामलाई तीब्रताका साथ अगाडि बढाएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२२ बैशाख २०८३, मंगलवार ११:४२घाँटु नाच समापन
तनहुँको भानु नगरपालिका–१३ को बास्पानी गाउँमा परम्परागत रुपमा नचाइएको घाँटु नाच समापनका लागि देउराली, चण्डिथान तर्फ लैजाँदै । यी यस्ता रितिरिवाज, गाउँघरको मौलिक संस्कृति, एकता र परम्पराको अनुपम झल्को र महत्व बोकेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२१ बैशाख २०८३, सोमबार १२:१८सालको पातको टपरी
तनहुँको व्यास नगरपालिका–१४ रुम्सीका महिलाहरु जंगलबाट सालको पात ल्याएर टपरी बनाउँदै। स्थानीयले होमस्टेमा आउने पाहुनालाई खाजा खुवाउन टपरीको प्रयोग गर्ने गर्छन । तस्विर : सम्झना रसाइली/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२० बैशाख २०८३, आईतवार १४:०३पाहुनलाई कोदोको रोटी
तनहुँको व्यास नगरपालिका–१४ स्थित रुम्सी घरबास -होमस्टें)मा पुगेका पाहुनालाई खाजा खुवाउन कोदोको रोटी तयार गर्दै स्थानीय महिलाहरु। मगर समुदायको संस्कार संस्कृति अध्ययन अवलोकनका साथै स्थानीय खानाका परिकारउपभोगका लागि पछिल्लो समय रुम्सीमा आन्तरिक तथा वाह्य पर्यटक पुग्न थालेका छन् । व्यास नगरपालिकाले पनि यस गाउँलाई नमुना…
पुरा पढ्नुहोस -
१८ बैशाख २०८३, शुक्रबार १३:०४किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा सम्बन्धी अभिमुखीकरण
तनहुँको बन्दीपुर गाउँपालिका अन्तर्गत स्वास्थ्य शाखाले बन्दीपुर अस्पतालमा आयोजना गरेको ‘किशोर–किशोरी मैत्री स्वास्थ्य सेवा विस्तार’ सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रमका सहभागिहरु । कार्यक्रममा किशोर–किशोरी लक्षित स्वास्थ्य सेवाको पहुँच विस्तार, गुणस्तरीय सेवा प्रवाह तथा स्वास्थ्य सचेतना अभिवृद्धिका विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो। स्वास्थ्य शाखाले किशोर अवस्थाका स्वास्थ्य…
पुरा पढ्नुहोस -
१७ बैशाख २०८३, बिहीबार ११:५९सडक स्तरोन्नती
तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानी गाउँको सडक कालोपत्रे गर्नका लागि आवश्यक तयारी गरिदै । ग्रामीण पर्यटनका लागि आकर्षक गन्तव्य भएपनि सकड स्तरोन्नती नहुँदा यो धरमपानी गाउँ ओझेलमा पर्दै आएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस