फाेटाे फिचर
-
१५ माघ २०८०, सोमबार ११:३४सेती नदीमा निर्माणाधीन सिग्नेचर पुल
पोखरा-मुग्लिन सडक आयोजना अन्तर्गत पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको काममा खटिँदै कामदार । ९४ करोड रुपैयाँको लागतमा उक्त पुल बन्दैछ । तस्विर : रामबहादुर थापा/रासस
पुरा पढ्नुहोस -
१४ माघ २०८०, आईतवार ११:४८कालोपत्रको तयारी
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित वेलचौतरा खण्डमा सडक कालोपत्र गर्ने तयारी गरिदै । पश्चिम खण्ड अन्तर्गत जामुने-पोखरा खण्डमा पछिल्लो समय कामको गति बढाइएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१४ माघ २०८०, आईतवार ११:४५काठे पुल
बुद्धसिंह मार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-६ साराङघाटमा खहरे खोला तर्न बनाइएको काठेपुल । वर्षाको बेला खहरे खोला बढ्ने भएकाले सर्वसाधारणले काठेपुलबाट आवतजावत गर्छन् । तस्विर : कृष्ण न्यौपाने/रासस
पुरा पढ्नुहोस -
१३ माघ २०८०, शनिबार १४:१७बुल्दी खोलामा पुल
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली स्थित बुल्दी खोलामा मोटरेवल पुल निर्माण गरिदै । राजमार्ग विस्तार आयोजना अन्तर्गत आँवुखैरेनी-जामुने पूर्वी खण्डमा १३ वटा साना पुल, १०६ वटा स्ल्याव कल्भर्ट मध्ये १०० निर्माण र ३ वटा ठूला खालका पुल निर्माणाधिन अवस्थामा छन् । यस्तै, ६२ बक्स कल्भर्ट मध्ये…
पुरा पढ्नुहोस -
१२ माघ २०८०, शुक्रबार ११:२८गाउँमै रोजगारी
तनहुँको बन्दीपुर गाउँपालिका-५ मोहोरिया ढाडगाउँ सिंढी बाटो मर्मत गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचिकृत श्रमिकहरु । मोहोरिया ढाडगाउँ रोजगार उपभोक्ता समिति अर्न्तर्गत सञ्चालित योजनामा स्थानीय १० जना अदक्ष श्रमिकले गाउँमै रोजगारी पाएका छन् । रोजगार कार्यक्रम मार्फत ३ लाख रुपैयाँ विनियोजित बजेटबाट निर्माण गरिने बाटोबाट स्थानीय…
पुरा पढ्नुहोस -
११ माघ २०८०, बिहीबार १२:३८ग्रामीण क्षेत्रमा प्रहरीको सचेतना अभियान
तनहुँको आँवुखैरेनी गाउँपालिकाको ग्रामीण क्षेत्रमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेना मुलक कार्यक्रम गर्दै इलाका प्रहरी कार्यालय आँवुखैरेनीका प्रहरी । इलाका प्रहरी कार्यालय आँवुखैरेनीले ४ र ५ नं. वडाका लोप्राङ, भाँगे, लाब्दी, भुकुन्डी, सानुभञ्ज्याङ लगायतका गाउँघरमा जनप्रतिनिधि, कृषि काम गरेका कृषकहरु, स्थानीयहरुलाई घरेलु/महिला हिंसा तथा लागु…
पुरा पढ्नुहोस -
११ माघ २०८०, बिहीबार १२:३२विपन्नलाई पालिकाको न्यानो कपडा
तनहुँको आँवुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान वडा नं. ५ का विपन्न, असहाय, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गर्दै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
९ माघ २०८०, मंगलवार ११:१३कोखे आहालेमा पहिरो नियन्त्रण गरिदै
हरेक वर्ष वर्खाका बेला समस्या भोग्दै आउनु परेको गोरखा आरुघाट सडक खण्ड अन्तर्गत पर्ने गोरखा नगरपालिका-२, कोखे आहालेमा गएको पहिरो नियन्त्रण गरिदै । तस्बिर : दीपक श्रेष्ठ/रासस
पुरा पढ्नुहोस -
८ माघ २०८०, सोमबार ११:२२सिद्धागुफा जाने बाटो मर्मत
तनहुँको बन्दीपुर गाउँपालिका-४ स्थित सिद्धागुफा जाने बाटोको सिढी मर्मत गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत श्रमिकहरु । गाउँपालिकाले सिद्धागुफा जाने बाटो मर्मत रोजगार उपभोक्ता समिति मार्फत काम गर्नका लागि एक लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस