फाेटाे फिचर
-
११ पुष २०८०, बुधबार ११:१७बन्दीपुरमा यःमरि पुन्हि मनाउँदै
तनहुँको बन्दीपुरमा नेवाः देय दबु बन्दीपुर गाउँ कार्यसमितिले मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मंगलबार यःमरी पुन्हि मनाउँदै । नयाँ धान भित्रयाएको खुसीयालीमा नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउने गर्दछन् । ‘यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो…
पुरा पढ्नुहोस -
९ पुष २०८०, सोमबार १२:४५मानहुँकोटको प्राकृतिक सुन्दरता (फोटोफिचर)
तनहुँको व्यास नगरपालिका-५ स्थित मानहुँकोटबाट देखिएको प्राकृतिक सुन्दरता । विशेष गरी चिसो मौसम सुरुभएसंगै सदरमुकाम दमौली लगायत आसापसका क्षेत्रलाई ढपक्क ढाक्ने सेतो कुहिरो, सूर्योदय, उत्तरतर्फ लहरै मिलेर बसेका सेता हिमाल, पहाडका तरेली तथा अन्य प्राकृतिक सुन्दरता अवलोकन गर्ने यहाँ पर्यटक पुग्ने गरेका छन् । तस्विर…
पुरा पढ्नुहोस -
८ पुष २०८०, आईतवार ११:३०कति किलो भयो ?
तनहुँको ऋषिङ गाउँपालिकाको ग्वास्लुङ्ग सामुदायिक स्वास्थ्य इकाईले आफ्नो सेवा क्षेत्रका बालबालिकाको तौल परीक्षण गदै । स्थ्य इकाई अन्तर्गत रहेको ग्वास्लुङ्ग स्वास्थ आमा समूह नियमित बैठक, वालवालिकालाई लगाइने खोप कार्यक्रम, बालबालिकाको वृद्धिविकासको नियमित अनुगमन, गर्भवती आमा तथा वालवालिकाको पोषण अवस्थाको अनुगमनका साथै परिवार नियोजनका अस्थायी साधन…
पुरा पढ्नुहोस -
८ पुष २०८०, आईतवार ११:२५प्रहरीको सचेतनामुलक कार्यक्रम
इलाका प्रहरी कार्यालय बन्दीपुर तनहुँका प्रहरी टोलीहरु टोलटोलमा पुगेर सचेतनामुलक कार्यक्रम गर्दै । इलाका प्रहरी कार्यालयका टोलीहरुले बन्दीपुर गाउँपालिकाको पानीट्याङ्की, सस्तोपसल, पौवा र भानुचोकमा सडक सवारी सुरक्षा, लागुऔषध, घरेलु हिंसा सम्बन्धी लघुसचेतनामूलक कार्यक्रमका साथै विभिन्न सचेतनामूलक पर्चाहरु बितरण गरेको छ । प्रहरीले ग्रामीण भेगका सवारी…
पुरा पढ्नुहोस -
५ पुष २०८०, बिहीबार ११:१३पानीघट्टामा मकै पिस्दै
चितवनको कालिका नगरपालिका-१० स्थित पाइमाराङ खोलामा रहेको पानीघट्टमा मकै पिस्दै दमियो डाँडाका ७८ वर्षीय बृद्ध नरबहादुर प्रजा । यस भेगका चेपाङ समुदाय यही पानीघट्टमा मकै, कोदो पिस्न आउने गरेका छन् । तस्बिर : कृष्ण आचार्य/रासस
पुरा पढ्नुहोस -
५ पुष २०८०, बिहीबार ११:१२योजना तथा आवधिक योजना सम्बन्धी अन्तरक्रिया
तनहुँको व्यास नगरपालिकाले बुधबार आयोजना गरेको दीर्घकालिन योजना तथा आवधिक योजना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीशचन्द्र पोख्रेल, गण्डकी प्रदेशका नीति आयोगका पूर्व उपाध्यक्ष डा. रघुराज काफ्ले, व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेलगायत सहभागिहरु । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
४ पुष २०८०, बुधबार ११:२०अलपत्र अवस्थामा निर्माणाधिन पक्की पुल
तनहुँको घिरिङ गाउँपालिका-१ पुट्टार र पाल्पाको रामपुर नगरपालिका जोड्ने कालीगण्डकी नदीमाथि निर्माणाधीन पक्की पुल । निर्माण व्यवसायीको लापरवाहीका कारण पुल निर्माणमा ढिलाइ भएको छ । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३ पुष २०८०, मंगलवार ११:३२सुन्तलाको व्यापार
तनहुँको ऋषिङ्ग गाउँपालिका-७ जौबारीका कृषकले उत्पादन गरेको सुन्तला व्यापारीहरुले खरिद गरी बजार पठाउने तयारी गर्दै । स्थानीय कृषक तथा व्यापारीहरु अहिले सुन्तला टिपेर बजार पठाउन व्यस्थ बनेका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३ पुष २०८०, मंगलवार ११:२१थाक्रामा राखिएको मकै र हिमाल
म्याग्दीको रघुगङ्गा गाउँपालिका-५ झीँ गाउँमा स्थानीयले थाक्रोमा भण्डारण गरिएको मकै र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमाल । तस्बिर : कमल खत्री/रासस
पुरा पढ्नुहोस