ग्रामीण क्षेत्रमा प्रहरीको सचेतना अभियान

तनहुँको आँवुखैरेनी गाउँपालिकाको ग्रामीण क्षेत्रमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेना मुलक कार्यक्रम गर्दै इलाका प्रहरी कार्यालय आँवुखैरेनीका प्रहरी । इलाका प्रहरी कार्यालय आँवुखैरेनीले ४ र ५ नं. वडाका लोप्राङ, भाँगे, लाब्दी, भुकुन्डी, सानुभञ्ज्याङ लगायतका गाउँघरमा जनप्रतिनिधि, कृषि काम गरेका कृषकहरु, स्थानीयहरुलाई घरेलु/महिला हिंसा तथा लागु औषध सम्बन्धी सचेतना कार्यक्रम गरेका छन् ।

तस्विर : भञ्ज्याङ










