फाेटाे फिचर
-
२६ पुष २०८०, बिहीबार ११:२३परम्परागत पानी घट्टा
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका १२ रोशी खोलास्थित भालेश्वर दोभानमा रहेको परम्परागत पानी घट्टमा मकै पिस्दै जोगमाया वाईबा र नरबहादुर स्याङतान दम्पती । आधुनिक प्रविधिको विकाससँगै यस्तो परम्परागत पानीघट्टको प्रयोग घटेको छ । तस्बिर : पेमा लामा/रासस
पुरा पढ्नुहोस -
२५ पुष २०८०, बुधबार ११:३०खेलमैदानको अभाव
तनहुँको दमौली स्थित विपि वनवाटिका स्थित धुले खेलमैदानमा फुटबल खेल्दै युवाहरु । सदरमुकाम दमौलीमा व्यवस्थित खेलमैदान नहुँदा खेलकुदका गतिविधि सञ्चालन हुन सकेका छैनन् । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२४ पुष २०८०, मंगलवार ११:१९आँधिखोलामा पुल
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर र आँवुखैरेनीको सिमानामा पर्ने आँधिखोलामा मोटरेवल पुल निर्माण गरिदै । राजमार्ग विस्तार आयोजना अन्तर्गत आँवुखैरेनी-जामुने पूर्वी खण्डमा १३ वटा साना पुल, १०६ वटा स्ल्याव कल्भर्ट मध्ये १०० निर्माण र ३ वटा ठूला खालका पुल निर्माणाधिन अवस्थामा छन् । यस्तै, ६२ बक्स…
पुरा पढ्नुहोस -
२४ पुष २०८०, मंगलवार ११:१५ग्रामीण क्षेत्रका महिलाको दैनिकी
तनहुँको ऋषिङ गाउँपालिका-२ डाँडाखुदीका महिलाहरु घाँस बोकेर घर फर्किदै । पशु चौपायाका लागि यहाँका महिलाहरु जंगलमा पुगेर घाँस ल्याउने गर्दछन् । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२४ पुष २०८०, मंगलवार ११:१३फलफूलको व्यापार
तनहुँको बन्दीपुर गाउँपालिका-१ डुम्रे बजारमा बिक्रीका लागि राखिएका फलफूल । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२३ पुष २०८०, सोमबार ११:२०नौमती बाजा वितरण
तनहुँको घिरिङ गाउँपालिकाले ‘हाम्रो संस्कृति जगेर्ना अभियान’ अन्तर्गत वडा नं. ३ को नेवापानी नौमती बाजार समुहलाई नौमती बाजा हस्तान्तरण गरिदै । संस्कृतिक संरक्षण, कलाको विकास, सामाजिक सद्भाव बढाउन र नौमती बाजा ब्यवसायी करणमा जोड दिँदै गाउँपालिकाले नौमती बाजा बितरण गरेको गाउँपालिका अध्यक्ष होम बहादुर थापाले…
पुरा पढ्नुहोस -
२० पुष २०८०, शुक्रबार ११:३३प्याजका विरुवा उखेल्दै
तनहुँको आँबुखैरेनी गाउँपालिका-१ स्थित मिलिजुली कृषि उत्पादक सहकारीले उत्पादन गरेको प्याजका विरुवा विक्रीवितरणको तयारी गरिदै । सहकारीले रुकुममा सफल परीक्षण भएको गुलावी रोग सहने रेड क्रियोल जातको प्याजको विरुवा उत्पादन गरी बिक्री गर्ने तयारी गरेको हो । सहकारीले प्रत्येक शुक्रबार गाउँपालिकाले सञ्चालन गर्ने कृषि हाटबजारबाट…
पुरा पढ्नुहोस -
२० पुष २०८०, शुक्रबार ११:२०तानमा खाडीको कपडा
दाङको घोराही उपमहानगरपालिका-१८ स्थित ढोडेनीकी जानकी पुन घरेलु प्रविधिबाट तानमा खाडीको कपडा बुन्दै । एउटा खाडी तयार हुन हप्ता/दस दिन लाग्ने र तयार भएपछि रु पाँच हजारमा बिक्री हुने गरेको छ । तस्बिर : कुलदीप न्यौपाने/रासस
पुरा पढ्नुहोस -
२० पुष २०८०, शुक्रबार ११:१९वडा अध्यक्षको सहयोगमा कुटानी पिसानी मिल
तनहुँको भिमाद नगरपालिका-३ को बिकट बस्ती मिनिस्वाँराका बासिन्दालाई कुटानी पिसानीका लागि मिल हस्तान्तरण गरिदै । यहाँका बासिन्दाले खेप्दै आएको समस्या समाधानका लागि वडा अध्यक्ष पदमराज सेन ठकुरीले आफुले पाउँने सेवा सुविधाको रकमबाट ४२ हजार रुपैयाँमा मिल खरिद गरी हस्तान्तरण गरिएको वडा सदस्य वसन्त सिंहले जानकारी…
पुरा पढ्नुहोस