फाेटाे फिचर
-
२७ मंसिर २०८०, बुधबार ११:१८मादी नदीमा पुल निर्माण शुरु
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-४ र ५ जोड्ने मादी नदीमा आर्क डिजाइनको पुल निर्माण कार्य शुरु गरिँदै । मुग्लिन-पोखरा सडक विस्तार आयोजनाले एक अर्ब २१ करोड रुपैयाँको लागतमा पुल निर्माण कार्य अगाडि बढाएको हो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२७ मंसिर २०८०, बुधबार ११:१७सडक विस्तारमा विद्युत पोल बाधक
पृथ्वीराजमार्गको मुग्लिन-पोखरा विस्तार आयोजना अन्तर्गत जामुने-पोखरा खण्डकमा टेवा पर्खाल निर्माणका लागि बाधक बनेको विद्युत पोल । सडक विस्तारका लागि सडक सिमा भित्रका विद्युत पोल स्थान्तरण गरिदिनुपर्नेमा त्यो नहुँदा सडक विस्तार अवरोध सृजना हुनुका साथै दुर्घटना समेत निम्तिने गरेको छ । सडक विस्तारमा खानेपानीका पाइप, नेपाल…
पुरा पढ्नुहोस -
२६ मंसिर २०८०, मंगलवार ११:३४स्थानीय उत्पादनको बिक्रीवितरण
तनहुँको देवघाटधाममा स्थानीयस्तरमा उत्पादित तरुल, सखरखण्ड, मकै, सुन्तला लगायतका कृषि उपज बिक्रीवितरण गरिदै । बाला चतुर्दशीको अवसरमा देवघाटधाममा शतबीज छर्न आउने भक्तजनलाई लक्षित गरी कृषक तथा व्यापारीहरुले स्थानीय कृषि उपज बिक्रीतिवरण गर्न राखेका थिए । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२६ मंसिर २०८०, मंगलवार ११:२२पृथ्वीराजमार्गको आँवुखैरेनी खण्डमा कालोपत्र गरिदै
पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-३ स्थित गाउँपालिका चोकदेखि सडक कालोपत्र गरिदै । मुग्लिन पोखरा सडक योजनाको पूर्वी खण्ड (आँवुखैरेनी-जामुने)मा सडक विस्तार कार्यलाई तीब्रता दिइएको छ । यस खण्डमा थप ४ किलोमिटर खण्ड कालोपत्र सुरु गरिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२४ मंसिर २०८०, आईतवार २१:३६पितृको सद्गतिका लागि महादीपदान गर्न देवघाटधाममा हजारौं भक्तजन (फोटोफिचर)
बाला चतुर्दशीको अवसरमा आइतबार शतबीज छर्नका लागि तनहुँको देवघाटधाममा जाग्राम बस्न हजारौं भक्तजन आएका छन् । दिवङ्गत पितृको सद्गतिको कामना गर्दै देवघाटधाम, पशुपतिनाथ लगायत देशभरका शिवालयमा गरिने महादीपदानका लागि भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण त्रयोदशीको बेलुकीदेखि पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा…
पुरा पढ्नुहोस -
२४ मंसिर २०८०, आईतवार ११:२२सीप सिक्दै महिलाहरु
तनहुँको म्याग्दे गाउँपालिकाले गरिव निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सञ्चालन गरेको झोला बनाउने तालिममा सहभागि महिलाहरु । गाउँपालिकाले सञ्चालन गरेको उक्त तालिममा स्थानीय २० जना महिलाहरु सहभागि भएका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२४ मंसिर २०८०, आईतवार ११:१५विद्यार्थीको विज्ञान प्रदर्शनी
तनहुँको बन्दीपुर गाउँपालिका-४ स्थित नोट्रेडम उच्च माध्यमिक विद्यालयका विद्यार्थी शुक्रबार विज्ञान प्रदर्शनी गर्दै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२२ मंसिर २०८०, शुक्रबार ११:२५कबडी प्रतियोगिता
पाँचौं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता अन्तर्गत तनहुँको शुक्लागण्डकी-५, बेलचौतरास्थित नेपाल पुलिस स्कुलको प्राङ्गणमा आयोजित छात्रा कबडी प्रतियोगितामा प्रतिस्पर्धा गर्दै गाउँफर्कोदय माध्यमिक विद्यालय र अरनिको बोडिङ स्कूलका छात्रा खेलाडीहरु । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि तनहुँका १० वटै पालिकामा विद्यालयहरु बीच विभिन्न विधाका खेलकुद…
पुरा पढ्नुहोस -
२२ मंसिर २०८०, शुक्रबार ११:११सुन्तला खेतीमा अध्यक्ष
तनहुँको देवघाट गाउँपालिका-३ छापस्वाँरामा लटरम्म फलेका सुन्तला खेतीमा गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा । यहाँ उत्पादन भएको सुन्तला नारायणगढ, दमौली, पोखरा, काठमाडौँ लगायतका सहरमा पठाउने गरिएको छ । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस