फाेटाे फिचर
-
१ आश्विन २०८०, सोमबार १३:०४विश्वकर्मा पूजालाई लड्डु
दमौली स्थित सुरेश मिष्ठान्न भण्डारमा विश्वकर्मा पूजा तथा वस्तु दिवसका लागि लड्डु तयार गर्दै । विश्वकर्मा बाबा हस्तकला, शिल्पकार, हतियारविज्ञका रुपमा कला अनि हजारौं वस्तुगत रचनाका प्रेरणाका रुपमा पूजाअर्चना गर्ने गरिन्छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३१ भाद्र २०८०, आईतवार १०:४७पाँच वर्षमा पुलको फाउण्डेशनमात्रै
तनहुँको आँवुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने घुमाउनेमा बनाउन लागिएको मोटरेवल पुल अलपत्र अवस्थामा । २०७५ माघदेखि पुल निर्माण सुरु भएपनि ठेकेदारको लापरवाहीका कारण हालसम्म यो पुलले पूर्णता पाउन सकेको छैन । नारायणगढ-मुग्लिन सडकखण्डको बीच भाग स्थित घुमाउनेबाट तनहुँको बुद्धसिं मार्गलाई जोड्ने भन्दै निर्माण…
पुरा पढ्नुहोस -
३१ भाद्र २०८०, आईतवार १०:४३स्वास्थ्य परीक्षण गर्न अस्पतालमा पालो पर्खिदै बिरामी
दमौली अस्पतालमा उपचारका लागि आएका बिरामी । पछिल्लो समय करिब ५० जना ज्वरोका बिरामीमध्ये दैनिक १० देखि १३ जनासम्म डेङ्गु पोजेटिभका बिरामी भेटिने गरेको अस्पतालले जनाएको छ । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३० भाद्र २०८०, शनिबार १४:२६१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना : पछिल्लो अवस्थाको फोटोफिचर र प्रगति विवरण
तनहुँको ऋषिङ गाउँपालिका-१ काहुँशिवपुरमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको समग्र भौतिक प्रगति ४३ प्रतिशत भएको छ । प्याकेज १, प्याकेज २ र प्याकेज ३ गरी ३ चरणमा वर्गीकरण गरी निर्माण कार्य हुँदै आएको आयोजनाको करिव ४०.२ प्रतिशत आर्थिक प्रगति भएको छ । आयोजनाको…
पुरा पढ्नुहोस -
२९ भाद्र २०८०, शुक्रबार ११:३७कुशोच्छेदन गर्दै बटुक
कुशे औशी तिथिका दिन विहीबार देवघाट स्थित गलेश्वर आश्रमबाट सञ्चालित श्री वेद वेदाङ्ग-संस्कृत-विद्यापीठम्का वटुकहरुद्वारा कुशोच्छेदन कार्य गर्दै । ब्राम्हणहरुले वैद्धिक विधि अनुसार कुश काटेपछि घरघरमा वितरण गर्ने गरिन्छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२८ भाद्र २०८०, बिहीबार ११:५४विद्यार्थीलाई टपरी बुन्ने सीप
तनहुँको भानु नगरपालिका-१२ घलेछाप स्थित श्री सरस्वती मन्दिर माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई सालको पातबाट टपरी बनाउने सीप सिकाउँदै शिक्षकहरु । विद्यालयको नियमित अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीलाई सीपमुलक गतिविधिमा आधारित दुना, टपरीका साथै कुच्चो बनाउने सीप सिकाउने गरिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२७ भाद्र २०८०, बुधबार ११:२८सडक विस्तारको काम
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ र बन्दिपुर गाउँपालिका-१ सिमानामा राजमार्ग चौडा गर्ने काम गरिदै । वर्षादका कारण राजमार्गको मुग्लिन-पोखरा सडक विस्तार आयोजनाको सुस्ताएको कामलाई पानी पर्न कम हुँदैगएपछि तीब्रता दिन थालिएको छ । राजमार्गको पूर्वीखण्ड अन्तर्गत जामुने-आँवुखैरेनी खण्डमा अहिले सडकको नालि निर्माण, टेवा पर्खाल निर्माण…
पुरा पढ्नुहोस -
२५ भाद्र २०८०, सोमबार १९:२५रुरु भैरवदल गणबाट सिपाही दीक्षित, दीक्षित हुँदाको खुसीयाली (फोटोफिचर)
तनहुँको भानु नगरपालिका-१ स्थित श्री रुरु भैरवदल गण हात्तिचौर व्यारेक, तनहुँबाट सिपाही दीक्षित भएका छन् । गणबाट नौ महिनाको सि.सं. २ सैन्य आधार तालिम पश्चात ९७ जना सैन्यबाट सिपाहीमा दीक्षित भएका हुन् । गणमा सोमबार आयोजित विशेष समारोहमा सैन्य तालिम पूरा गरेका सिपाहीलाई दीक्षित गरिएको…
पुरा पढ्नुहोस -
२५ भाद्र २०८०, सोमबार १५:५३गोरखा बजार
हेलीबाट कैद गरिएको गोरखा बजार र आसपासको क्षेत्र । तस्विर : प्रदीपराज वन्त/रासस
पुरा पढ्नुहोस