फाेटाे फिचर
-
१२ श्रावण २०८०, शुक्रबार ११:४०घुम्तीशिवरबाट परिचयपत्र नविकरण
तनहुँको ऋषिङ गाउँपालिकाको वडा नं. ८ का कर्मचारीहरु वडा नं. १ कार्यालयबाट विहीबार सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गरी सेवाग्राहीलाई हस्तान्तरण गरिदै । दमौली, चितवन लगायतका विभिन्न शहर बजार क्षेत्रमा बसोवासगर्दै आएका वडाबासिलाई परिचयपत्र नविकरणमा सहज बनाउने उद्देश्यले वडा कार्यालयले वडा नं. १ मा नविकरण…
पुरा पढ्नुहोस -
१२ श्रावण २०८०, शुक्रबार ११:३२कोदो रोप्दै महिला
पाल्पाको रामपुर नगरपालिका-१ स्थित कुमैडाँडामा बारीमा मकैबाली भित्र कोदो रोप्दै महिला । तस्विर : रासस
पुरा पढ्नुहोस -
१२ श्रावण २०८०, शुक्रबार ११:३०क्याम्पसको अतिरिक्त क्रियाकलाप
तनहुँको भिमाद नगरपालिका स्थित जनज्योति क्याम्पसले विहीबार सञ्चालन गरेको अतिरिक्त क्रियाकलापमा क्याम्पस परिसरमा निर्माणाधिन बगैंचामा सरसफाई गरिदै । अतिरिक्त क्रियाकलाप समितिको संयोजनमा आयोजित सरसफाई कार्यक्रममा प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
११ श्रावण २०८०, बिहीबार ११:१५संस्कृति संरक्षण अभियान
तनहुँको भानु नगरपालिकाले मौलिक कला संस्कृति र पेशा संरक्षण तथा प्रबर्द्धन गर्ने लक्ष्यका साथ नगरपालिकाका विभिन्न समुहलाई पञ्चेबाजा हस्तान्तरण गर्दै नगरप्रमुख आनन्दराज त्रिपाठी । नगरपालिकाले बुधबार विभिन्न वडाका पाँच समुहलाई ५ सेट पञ्चेबाजा र आरन व्यवसाय प्रवर्द्धनका लागि विभिन्न व्यत्तिलाई २६ थान आरन पंखा हस्तान्तरण…
पुरा पढ्नुहोस -
११ श्रावण २०८०, बिहीबार ११:०८पहिरो नियन्त्रणका लागि टेवा पर्खाल
पृथ्वी राजमार्ग विस्तारका क्रममा बन्दिपुर-१ याम्पामा पहिरो नियन्त्रण गर्न तारजालीको प्रयोग गरी टेवा पर्खाल निर्माणमा खटिँदै मजदुर । आँबुखैरेनी-जामुने सडक खण्डमा ३१ प्रतिशत र जामुने पोखरा सडक खण्डमा ८ प्रतिशत काम सम्पन्न भएको मुग्लिन पोखरा सडक विस्तार आयोजनाले जनाएको छ । तस्बिर : पूर्ण विके/रासस
पुरा पढ्नुहोस -
१० श्रावण २०८०, बुधबार ११:२६कृषकका गुनासो सुन्दै
कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुल प्रसाद तिवारी भानु नगरपालिका-४ खहरेका कृषकको खेतमै पुगेर गुनासो सुन्दै। यहाँका कृषकले गत वर्ष प्रदेश सरकारको सहयोगमा खेत चक्लाबन्दी गरेका र उक्त चक्लाबन्दी कार्यक्रम प्रभावकारी नभएको कृषकको गुनासो रहेको छ । स्थानीय कृषकहरुले चक्लाबन्दीलाई एक पटकको सहयोग भन्दा पनि…
पुरा पढ्नुहोस -
१० श्रावण २०८०, बुधबार ११:०९धानखेतीमा सिंचाई
तनहुँको भिमाद नगरपालिका-५ ऋषिङ पाटनका कृषकको धान खेतमा सिंचाई सुविधा । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
९ श्रावण २०८०, मंगलवार ११:२६विद्यालयमै सयपत्री फूल खेती
तनहुँको आँवुखैरेनी गाउँपालिका स्थित मित्रता माध्यमिक विद्यालयका एक विद्यार्थी विरुवामा पानी हाल्दै । आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेको “शिक्षासँगै सीप” भन्ने नीति तथा कार्यक्रम अन्तर्गत विद्यालय हाताभित्र विद्यार्थीहरुले करिब १० रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती र टमाटरका विरुवा रोप्ने तयारी गरेका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
९ श्रावण २०८०, मंगलवार ११:११थकाली खाना पकाउने अभ्यास
तनहुँको दमौली स्थित आदिकवी भानुभक्त क्याम्पसको कक्षा १२ मा होटल म्यानेजमेन्ट पढ्दै गरेका विद्यार्थीहरु प्रयोगात्मक अभ्यास अन्तर्गत थकाली खाना पकाउने विधी सिक्दै । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस