फाेटाे फिचर
-
३ श्रावण २०८०, बुधबार ११:३७राजमार्गको बीचमा विद्युत पोल
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-१ नाहालामा सडकको बीचमा रहेको विद्युत्को पोल । सडक सिमाभित्र रहेका विद्युत् पोल समयमा नहटाउँदा मुग्लिङ-पोखरा सडक विस्तरमा समस्या भएको छ । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
३ श्रावण २०८०, बुधबार ११:२७बाँसबाट निर्मित घर
तनहुँको व्यास नगरपालिका-११ रामथुम्कीमा बाँसले निर्माण गरिएका घर । बाँसले निर्माण गरिएका घर अवलोकन गर्न यहाँ सर्वसाधारणको आकर्षण बढ्दो छ । तस्विर : रासस
पुरा पढ्नुहोस -
२ श्रावण २०८०, मंगलवार ११:४२भेडाको उनबाट धागो
गोरखाको बारपाक सुलिकोट गाउँपालिका-१ बारपाकका महिलाहरु भेडाको उनबाट हातैले धागो बनाउँदै । बारपाकमा अधिकांश स्थानीयले भेडा पालन गर्छन् । तस्बिर : दीपक श्रेष्ठ/रासस
पुरा पढ्नुहोस -
१ श्रावण २०८०, सोमबार ११:२१झोलुङ्गेपुल उदघाटन
तनहुँको शुक्लागण्डकी नगरपालिका-११ को गोल्मे र १२ को जामुनेफेदी जोड्ने झोलुङ्गेपुलको उद्घाटन गर्दै पूर्वमन्त्री एवं गण्डकी प्रदेशकी पूर्वसांसद आशा कोइराला, शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डित लगायतका । संघीय सरकारको रु ५१ लाखको लागतमा निर्माण गरिएको उक्त पुलबाट पाँच सय घरधुरी लाभान्वित हुने भएका छन् ।…
पुरा पढ्नुहोस -
२७ असार २०८०, बुधबार ११:३१प्रहरीलाई विपत व्यवस्थापनका सामाग्रि
तनहुँको घिरिङ गाउँपालिका अन्तर्गत रहेका तीनवटा प्रहरी चौकीलाई विपत ब्यवस्थापनको लागि आवश्यक पर्ने सामाग्री हस्तान्तरण गर्दै गाउँपालिकाका अध्यक्ष होम बहादुर थापा । प्रहरीले बिपतको बेला तुरुन्तै उद्दार गर्न प्रयोग हुने महत्वपूर्ण सामाग्रीहरु गल ९ वटा, गैटी ९ वटा, बेल्चा ९ वटा, कोदालो ९ वटा, हेलमेट…
पुरा पढ्नुहोस -
२६ असार २०८०, मंगलवार ११:५०बन्दिपुरको आकाशमा पाराग्लाइडिङ (फोटोफिचर)
पहाडकी रानी उपनामले परिचित पर्यटकीय नगरी बन्दिपुर पाराग्लाइडिङका लागि पनि उत्कृष्ट गन्तव्य हो । बन्दिपुरमा पर्यटकलाई आकर्षित गर्न तथा बसाइ लम्ब्याउने एउटा राम्रो माध्यम पाराग्लाइडिङलाई पनि बनाउन सकिने सम्भावना रहेको छ । बन्दिपुर क्षेत्रभित्र ट्रेकिङ, कायोकिङ, क्यानोनिङ्ग, बन्जी जम्पिङ्ग, रक क्लाइम्बिङ्ग, जिप फ्ल्यायर, पाराग्लाइडिङ जस्ता…
पुरा पढ्नुहोस -
२६ असार २०८०, मंगलवार ११:१८रोपाइको तयारी
तनहुँको भिमाद नगरपालिका-५ ऋषिङ पाटनमा रोपाइको तयारी गर्दै कृषकहरु । प्रयाप्त वर्षा नहुँदा आकाशे पानीको भरमा रोपाई गरिने खेतमा कृषकले रोपाई गर्न पाएका छैनन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२५ असार २०८०, सोमबार १२:००सडक स्तरोन्नती गर्न घर भत्काइदै
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-१ डुम्रेमा घर भत्काइँदै । मुग्लिन-पोखरा सडक विस्तारका लागि मापदण्ड विपरीत निर्माण गरिएका डुम्रे बजार क्षेत्रका घर भत्काउने कार्य तीब्र पारिएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२५ असार २०८०, सोमबार ११:४०कागती खेती
तनहुँको बन्दिपुर गाउँपालिका-१ नाहालाका शिखरनाथ अधिकारी आफ्नो कागती बारीमा । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस