फाेटाे फिचर
-
२० असार २०८०, बुधबार ११:२४बाख्राको आधुनिक खोर
तनहुँको आँबुखैरेनी गाउँपालिका-१ भुजेलगाउँका एक महिला बाख्रालाई खोरमा थुन्दै । विपन्न वस्तीमा मुख्यमन्त्री कार्यक्रम मार्फत यहाँका कृषकलाई आधुनिक खोर निर्माणका साथै बाख्रा, मौरी सहयोग गरिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१९ असार २०८०, मंगलवार ११:५५विद्यार्थीलाई कृषिसम्बन्धी ज्ञान
कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारी सोमबार व्यास-३ शिवपाञ्चायन माध्यमिक विद्यालयका विद्यार्थीलाई तरकारी, फलफूल र मौरीपालनसम्बन्धी ज्ञान प्रदान गर्दै । कार्यालयको हाताभित्र मौरीपालन, तरकारी र फलफूलखेती गरी विद्यार्थीलाई ज्ञान प्रदान गर्दै आएको छ । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१८ असार २०८०, सोमबार ११:४९कला संस्कृति संरक्षण अभियान
तनहुँको घिरिङ गाउँपालिकाले दलित समुदायको उत्थान तथा परम्परागत पेशा, कला र संस्कृतिको संरक्षणका लागि नौमती बाजा तथा आरान सामाग्री हस्तान्तरण गर्दै । गाउँपालिकाले आइतबार एक कार्यक्रम गरी गाउँपालिकाका तीन समूहलाई नौमती बाजा तथा दस जनालाई आरानका सामाग्री गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले हस्तान्तरण गरेका छन् ।…
पुरा पढ्नुहोस -
१७ असार २०८०, आईतवार ११:१३रोपाइको चटारो
तनहुँको व्यास नगरपालिका-७ साँघेफाँटमा धानको विऊ रोपाइका लागि आवश्यक तयारी गर्दै कृषकहरु । समयमा प्रयाप्त वर्षा नहुँदा तनहुँमा हालसम्म करिब २०/२२ प्रतिशत मात्र रोपाई भएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१६ असार २०८०, शनिबार १२:४६१५ असार अर्थात राष्ट्रिय धान दिवस : तनहुँमा देखिएका केही दृष्य (फोटोफिचर)
‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साट १५ असार अर्थात २०औं राष्ट्रिय धान दिवस विविध कार्यक्रम गरी तनहुँमा पनि मनाइएको छ । कृषि ज्ञान केन्द्र, विभिन्न कृषक समुह, संघ संस्था तथा कृषकहरुले विभिन्न कार्यक्रम गरी १५ असार अर्थात राष्ट्रिय धान दिवस मनाइएको…
पुरा पढ्नुहोस -
१५ असार २०८०, शुक्रबार ११:२४विपन्न वर्गका महिलालाई बाख्रा
तनहुँको घिरिङ गाउँपालिका-३ का विपन्न बर्गका महिलाहरुलाई निःशुल्क रुपमा बाख्रा वितरण गरिदै । गाउँपालिकाले राष्ट्रपति महिला उत्थान जिविकोपार्जन सुधार सम्बन्धी अभिमुखिकरण कार्यक्रम अन्तर्गत पाँच दिने सीप तथा व्यवसायिकता विकास तालिम सञ्चालन गरी विपन्न वर्गका महिलालाई जनही दुइ वटा बाख्रा उपलब्ध गराएको गाउँपालिका अध्यक्ष होमबहादुर थापाले…
पुरा पढ्नुहोस -
१५ असार २०८०, शुक्रबार ११:२१विद्यालयलाई ल्यापटप
तनहुँको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ल्यापटप वितरण गर्दै । गाउँपालिकाले सबै सामुदायिक विद्यालयलाई ल्यापटप वितरण गरेको छ । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१४ असार २०८०, बिहीबार ११:४८गर्भवती, सुत्केरी र बालबालिकालाई पोषण खाना प्रवर्द्धन
तनहुँको व्यास नगरपालिकाको स्वास्थ्य शाखाले दमौली अस्पतालमा गरेको गर्भवती महिला तथा बालबालिकाहरुको लागि पोषिलो खाना प्रवर्द्धन तथा प्रदर्शनी कार्यक्रम । मातृशिशु स्वास्थ्यमा सुधार, सुरक्षित प्रसूति सेवामा पहुँच बढाउने र कुपोषण न्यूनीकरणका लागि कार्यक्रम गरिएको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए । स्तनपान गराउने,…
पुरा पढ्नुहोस -
१४ असार २०८०, बिहीबार ११:४२बन्दिपुर केबलकारको परीक्षण काम
तनहुँको बन्दिपुर गाउँपालिकामा निर्माणाधिन केवलकारको डिब्बा जोड्ने काम गरिदै । केबलकारको हाल परीक्षणको काम सुरु भएको छ । तस्बिर : भञ्ज्याङ
पुरा पढ्नुहोस