फाेटाे फिचर
-
४ फाल्गुन २०८२, सोमबार १२:४०माछा मार्ने मेला
तनहुँको भिमाद नगरपालिका–३ स्थित बुडुवा खोलामा आइतबार माछा मार्ने मेलामा सहभागि स्थानीयहरु । प्रत्येक वर्ष महाशिवरात्री पर्वका दिन यहाँ लाग्ने माछा मार्ने मेलामा स्थानीयहरु सहभागि हुने गर्दछन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१ फाल्गुन २०८२, शुक्रबार १२:३४हामीले त एचपिभी खोप लगायौ
तनहुँको आँवुखैरेनी गाउँपालिकाका किशोरीहरु विहीबार पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाएपछि सामुहिक तस्विरमा । गाउँपालिकाको १ देखि ६ नं. वडाका २३० जना किशोरीहरुलाई विहीबार एचपिभी खोप लगाइएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१ फाल्गुन २०८२, शुक्रबार १२:३१नसर्ने रोग पहिचानको लागि स्कृनिङ
तनहुँको ऋषिङ गाउँपालिकाको स्वास्थ्य शाखाले कोट्दरबार स्वास्थ्य चौकीका सेवा क्षेत्रका बासिन्दामा नसर्ने रोग पहिचानको लागि स्कृनिङ कार्यक्रम सञ्चालन गर्दै । गाउँपालिकाको स्वास्थ्य शाखाले पालिकाका गाउँबस्तिमा पुगेर नसर्ने रोग पहिचानका लागि स्कृनिङ कार्यक्रम सञ्चालन गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२८ माघ २०८२, बुधबार १२:०८सिंचाईका लागि कुलो निर्माण
तनहुँको भानु नगरपालिका–८ को बेलटारस्थित खेतमा सिंचाईका कुला निर्माण गरिदै । यहाँको बरिब १२५ रोपनी क्षेत्रफलको खेतलाई सिंचाईका लागि राष्ट्रिय कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई वरादीको एक लाख ६५ हजार रुपैयाँ र तीस हजार रुपैयाँ बराबरको जनश्रमदानबाट उक्त कुलो निर्माण गरिन लागिएको हो । तस्विर…
पुरा पढ्नुहोस -
२८ माघ २०८२, बुधबार १२:०६घरदैलोमा उम्मेदवार
तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपक राज जोशी मतदातालाई घरदैलोमा भेट्दै मत माग्दै । उम्मेदवार जोशीले मंगलबार बन्दीपुर, दुईपिप्ले, डुम्रे साझबोटे, नयाँबस्ती, केबलकार बेस स्टेशन तथा विमलनगर क्षेत्रमा घरदैलो गरेका थिए । मतदातालाई प्रत्यक्ष भेटघाट गर्दै वर्तमान राजनीतिक अवस्था, सुशासनको आवश्यकता…
पुरा पढ्नुहोस -
२७ माघ २०८२, मंगलवार १५:३८दमौलीमा नमुना मतदान
आगामि फागुन २१ गते हुने प्रतिनिधिसिभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि तनहुँको व्यास नगरपालिका–५ पाटनस्थित खेलमैदानमा सोमबार नमुना मतदान गरिदै । त्यसक्रममा सुरक्ष निकायहरु बीच मतदानस्थलमा आईपर्न सक्ने विविध सुरक्षा चुनौतीको व्यवस्थापन सम्बन्धमा संयुक्त अभ्यास गरिएको थियो । आगामि निर्वाचनका…
पुरा पढ्नुहोस -
२५ माघ २०८२, आईतवार १३:३९छाब्दी बाराही मन्दिरमा भक्तजन
तनहुँको प्रसिद्ध धार्मिक तिर्जस्थल छाब्दी बाराही मन्दिरमा शनिबार बिहान पूजाअर्चना तथा दर्शनका लागि लामबद्ध भक्तजनहरु । छाब्दी बाराही मन्दिर पछिल्लो समय धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ भने मन्दिर व्यवस्थापन समितिले आवश्यक पूर्वाधारहरु निर्माण तथा मन्दिर पुनर्निमाण गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२५ माघ २०८२, आईतवार १३:०६मतदाताको घरदैलोमा उम्मेदवार
आगामि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँ क्षेत्र नं. १ को एमालेका उम्मेदवार भगवती न्यौपानले देवाघाट गाउँपालिका–१ का मतदाताको घरदैलोमा । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२५ माघ २०८२, आईतवार १३:०४यात्रुलाई सास्ति
डुम्रे–बेंसीसहर सडक खण्डअन्तर्गत तनहुँको भानु नगरपालिकाको तुरतुरे खण्डमा अव्यवस्थितढंगले सडक स्तरोन्नति गरिद रोकिएका सवारीसाधान । साघुरो सडकलाई विस्तार गर्ने कार्य भइरहदा घण्टौंसम्म सावारीसाधान रोकिने गरेका छन् भने यात्रुहरुले सास्ति झेल्नुपरेको छ । तस्विर :भञ्ज्याङ
पुरा पढ्नुहोस