ग्रामीण जीवनशैली

तनहुँको बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँको एक घरको आँगनमा सुकाइएको बिस्कुन । पछिल्लो समय बसाई सराइ तथा विविध कारणले यो दृष्य लोप हुँदै गएको छ । यस्तै, यस गाउँलाई गाउँपालिको ग्रामीण पर्यटनको गन्तव्यका रुपमा विकास गर्दै लगेको छ । बन्दीपुर पुगेका पर्यटकलाई रामकोट पु¥याउने योजनाका साथ गाउँपालिकाले विविध प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्नुका साथै आवश्यक पूर्वाधार समेत बनाउदै लगेको छ । स्थानीय बासिन्दाको न्यानो आतिथ्यता, परम्परागत शैलीमा सजिएको बसोबास र माया मिसिएको व्यवहारले यहाँ पुग्ने पयर्टकलाई लोभ्याउने गर्दछ । शुद्ध अर्गानिक परिकारहरूको स्वादका साथै स्थानीय कला, साँस्कृतिक कार्यक्रम यहाँको विशेषता रहेको छ । गाउँको शान्त वातावरण, प्राकृतिक सौन्दर्य र संस्कृतिसँग नजिक हुने अवसर पाउनु साँच्चै विशेष अनुभव हुन्छ । यस्तो ठाउँहरू हाम्रो पर्यटनको गहना हुन्, जसलाई सबैले एकपटक अवश्य अनुभव गर्नुपर्छ । तस्विर : डिपी अधिकारी/भञ्ज्याङ

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker