फाेटाे फिचर
-
७ जेष्ठ २०८०, आईतवार १३:१९व्यावसायिक मौरीपालन
तनहुँको ऋषिड गाउँपालिका-३ सोलुङ्गमा लालकुमार गरङ्जा मगरको व्यावसायिक मौरीपालन । तीन वर्षअघि रु तीन लाखको लगानीमा व्यवसाय सुरु गरेका मगरको फार्ममा अहिले सेरेना जातका मौरीसहित सय घार रहेका छन् । तस्बिर : सानेबहादुर नेपाली/रासस
पुरा पढ्नुहोस -
४ जेष्ठ २०८०, बिहीबार १२:०१सीप सिकौं आत्मनिर्भर बनौ
तनहुँको घिरिङ गाउँपालिका-५ देउरालीमा वडा कार्यालयले सञ्चालन गरेको सिलाइकटाइ सम्बन्धी तालिममा सहभागी स्थानीय महिलाहरु । घिरिङ गाउँपालिका कार्यालयले महिलाहरुलाई स्वरोजगार बनाउन दुइ महिने निःशुल्क सीपमूलक तालिम सञ्चालन गरेको छ । तालिममा सहभागि महिलाहरुले तालिम सम्पन्न नहुँदै आफुले लगाउने चोलो लगायतका पहिरनहरु आफैले सिलाएर लगाउन थालेका…
पुरा पढ्नुहोस -
४ जेष्ठ २०८०, बिहीबार ११:५२विद्यार्थीलाई पोषण शिक्षा
तनहुँको व्यास नगरपालिका-११ को तनहुँसुर स्वास्थ्य चौकी तथा स्वास्थ्य चौकी सेवा कार्यालयले विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह अन्तर्गत सञ्चालन गरेको पोषण शिक्षा कार्यक्रममा सहभागि भएका बाराही माध्यमिक विद्यालय फराकचौरका विद्यार्थीहरु । विद्यार्थीहरुलाई करेसा बारिमै उत्पादन हुने विभिन्न खाद्यवस्तुबाट प्राप्त गरिने पोषणका विषयमा स्वास्थ्यकर्मीहरुले जानकारी गराएका…
पुरा पढ्नुहोस -
३ जेष्ठ २०८०, बुधबार ११:४८बोरिङ्गबाट सिंचाई सुविधा
तनहु्ँको देवघाट गाउँपालिका-५ गोइटारका कृषकहरु बोरिङ्गबाट निकालिएको पानीबाट सिंचाई सुविधा उपभोग गर्दै । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको धान ब्लक कार्यक्रम अन्तर्गत निर्माण गरिएको बोरिङ्गबाट स्थानीय कृषकहरुले मकै र सूर्यमुखीको खेती शुरु गरेका छन् । यो क्षेत्रमा यस्ता धेरै बोरिङ्गहरुको आवश्यकता रहेकाले सिंचाई तथा जलश्रोत डिभिजन…
पुरा पढ्नुहोस -
३ जेष्ठ २०८०, बुधबार ११:३१स्वास्थ्य चौकीको उद्घाटन
तनहुँको व्यास नगरपालिका-६ रातामाटामा नवनिर्मित स्वास्थ्य चौकी भवनको मंगलबार एक कार्यक्रमका बीच उद्घाटन गर्दै नगरप्रमुख बैकुण्ठ न्यौपाने । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२ जेष्ठ २०८०, मंगलवार ११:२३वृद्धाश्रामलाई खाद्यन्न सहयोग
राष्ट्रिय युवा संघ नेपालको ३४औं स्थापना दिवसको अवसरमा पोखरा महानगरपालिका-३२ लामेआल स्थित राधाकृष्ण वृद्धाश्रामलाई खाद्यन्न हस्तान्तरण गरिदै । राष्ट्रिय युवा संघ नेपाल भिमाद नगर कमिटीका अध्यक्ष विजय मल्ल ठकुरी, केन्द्रीय सदस्य उज्ज्वल खनाल, इश्वर श्रेष्ठ, जिल्ला उपसचिव माधव थापा लगायतको टोलीले आश्रमलाई ३० हजार मूल्य…
पुरा पढ्नुहोस -
२ जेष्ठ २०८०, मंगलवार ११:२०वन नर्सरी
डिभिजन वन कार्यालय तनहु्ँको नर्सरीमा हुर्कदै गरेका विभिन्न प्रजातिका विरुवाहरु । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१ जेष्ठ २०८०, सोमबार १२:१५क्याङ्दी पुल अन्तिम चरणमा
तनहुँको भिमाद नगरपालिका-८ सिम्ले स्थित क्याङ्दी खोलामा निर्माण गरिएको पक्कि पुल । निर्माण व्यवसायीले पुल निर्माण कार्यलाई अन्तिम चरणमा पुर्याएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१ जेष्ठ २०८०, सोमबार १२:११चैते धान गोड्दै
तनहुँको व्यास नगरपालिका-६ छबिसेमा चैते धान गोड्दै महिलाहरु । चैतमा धान रोपेका कृषक यतिबेला धान गोड्न व्यस्त भएपनि प्रयाप्त मात्रमा मल पाउन नसकेको गुनासो गर्न थालेका छन् । तस्बिर : रासस
पुरा पढ्नुहोस