फाेटाे फिचर
-
२३ माघ २०८२, शुक्रबार १३:२०च्याउ खेती तालिम
व्यवसायिक कीट विकास केन्द्र बन्दीपुर तनहुँको च्याउ खेती सम्बन्धी स्थलगत तालिम कार्यक्रम अन्तर्गत लमजुङको मध्यनेपाल नगरपालिका–२ मा आयोजित तालिममा सहभागि स्थानीय किसानहरु । किसानहरुलाई च्याउ खेती तथा यसमा ध्यान दिनुपर्ने प्राविधिक लगायतका विषयमा सहजिकरण गरिएको थियो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२२ माघ २०८२, बिहीबार १३:०८मिछुर्लुङमा घरबास व्यवस्थापन तालिम
तनहुँको भिमाद नगरपालिकाको आर्थिक सहयोगमा भिमाद–५ मिछुर्लुङमा अतिथि सत्कार तथा घरबास व्यवपस्थापनका लागि सञ्चालन गरिएको तालिममा सहभागिहरुलाई प्रशिक्षण दिंदै सम्पदा नेपालका अध्यक्ष एवं पर्यटनविद् हरिसिं गुरुङ । भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदीको सहभागितामा शुभारम्भ गरिएको तालिममा वडा अध्यक्ष पदमबहादुर थापाले तालिमले आतित्थ्यता घरबास व्यवस्थापनमा…
पुरा पढ्नुहोस -
२२ माघ २०८२, बिहीबार १३:०५अन्तिम कालोपत्र
पृथ्वीराजमार्ग अन्तर्गत पोखराको अमरसिंहचोकको सडकमा अन्तिम कालोपत्र गरिदै । मुग्लिन–पोखरा सडक विस्तार योजनाको पश्चिम खण्ड (जामुने–पोखरा)को सडक चारलेनमा विस्तार कार्यक्रम अन्तर्गत यस खण्डमा अन्तिम कालोपत्र गर्ने कार्यलाई तीब्र पारिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२१ माघ २०८२, बुधबार १३:०७पाक्यो तोरी
तनहुँको बन्दीपुर गाउँपालिका–२ थारुवासका कृषकहरु तोरी पाकेपछि थन्काउनका लागि काट्दै । कृषक सुदिन पौडेलले करिब २० रोपनी क्षेत्रफलमा तोरी खेती गरी ५ मुरीसम्ममा उत्पादन गर्ने लक्ष्य लिएका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२१ माघ २०८२, बुधबार १३:०३स्वास्थ्यकर्मीहरुलाई तालिम
तनहुँको भिमाद नगरपालिकाको स्वास्थ्य शाखाले गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय प्रादेशीक स्वास्थ्य तालिम केन्द्र पोखराको समन्वय तथा अनुगमनमा भिमाद नगरपालिका अन्तर्गतका स्वस्थ्य संस्थामा कार्यर स्वास्थ्यकर्मीहरुका लागि सञ्चालन गरेको इम्प्लान्ट तालिममा सहभागि स्वास्थ्यकर्मीहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२० माघ २०८२, मंगलवार १२:००दुई वडा जोड्ने पुल
तनहुँको ऋषिङ गाउँपालिकाको वडा नं. १ र ३ जोड्ने गरी देउली खोलामा निर्माणाधिन मोटरेवल पुल । यो पुलको ढलानको अन्तिम तयारी गरिएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१९ माघ २०८२, सोमबार १३:०२रत्नेचौरको फाँटमा तोरीबाली
म्याग्दीको बेनी नगरपालिका–१, रत्नेचौरको फाँटमा पहेँलपुर तोरीबाली र गहुँबालीको हरियाली । पछिल्लो समय यहाँको तोरी तथा गहुँबालीमा तस्बिर र भिडियो खिच्न आउने आन्तरिक पर्यटकको संख्या बढेको छ । तस्बिर : दलप्रसाद विश्वकर्मा/रासस
पुरा पढ्नुहोस -
१८ माघ २०८२, आईतवार १२:२७रायोको साग र गुन्द्रुक किन्ने हो ?
तनहुँको आँवुखैरेनी गाउँपालिकाले सञ्चालन गर्दै आएको कृषि हाटबजारमा छिम्केश्वरी लेक क्षेत्रमा उत्पादित रायोको साग र रायोको सागबाट तयार गरिएको गुन्द्रुक बेच्दै एक महिला । गाउँपालिकाले प्रत्येक महिनाको सोमबार र शुक्रबार कृषि हाटबजार सञ्चालन गरी स्थानीय कृषकले उत्पादन गरेको कृषि उपज एकीकृत ढंगले बिक्रीवितरणको थलोको रुपमा…
पुरा पढ्नुहोस -
१६ माघ २०८२, शुक्रबार १३:१३डुम्रे–बेसीसहर सडक खण्ड : जोखिमपूर्ण यात्रा
डुम्रे–बेसीसहर सडक खण्डअन्तर्गत तनहुँको भानु नगरपालिकाको चाम्बासदेखि पाँच सय फाँट खण्डमा सडक विस्तारको काम गरिदा बुधबार परेको झरीले सडक हिलाम्य हुँदा जोखिमपूर्ण यात्रा गर्दै यात्रुहरु । दुई पाङ्ग्रे र साना सवारी साधानले यस खण्डमा जोखिमपूर्ण यात्रा गर्ने गरेका छन् । यस्तै, लमजुङ–तनहुँ जोड्ने मुख्य सडकखण्डअन्तर्गत…
पुरा पढ्नुहोस