फाेटाे फिचर
-
२ चैत्र २०७९, बिहीबार १२:०१हात खाली राखे पेट खाली हुन्छ
तनहुँको शुक्लागण्डी नगरपालिका-९ ढोरफिर्दीस्थित ढोरवराही मन्दिर बाहिर सालको पातबाट टपरी बनाउँदै स्थानीय वृद्धा महिला । उनले जंगलबाट सालको पात ल्याएर टपरी बुनेर मन्दिरमा पूजाअर्चन गर्न आउने भक्तजनहरुलाई बिक्री वितरण गरछिन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२ चैत्र २०७९, बिहीबार ११:५२मुक्तिनाथमा दर्शनार्थी
हिमालपारिको जिल्ला मुस्ताङस्थित मुक्तिनाथ मन्दिर । जाडोको याम सकिँदै गर्दा पछिल्ला दिन दर्शनार्थी आउने क्रम बढेको छ । तस्बिर : वासुदेव पौडेल/रासस
पुरा पढ्नुहोस -
२ चैत्र २०७९, बिहीबार ११:५०वन नर्सरी
डिभिजन वन कार्यालय तनहुँ नर्सरीमा हुर्कदै गरेका विभिन्न प्रजातिका विरुवाहरु । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१ चैत्र २०७९, बुधबार ११:१८थानीमाई मन्दिर
तनहुँको भानु नगरपालिका-७ वसन्तपुरस्थित प्रसिद्ध धार्मिक स्थल थानीमाई मन्दिरमा मंगलबार फूलको डोली लिएर पुगेका भक्तजनहरु । फागुन महिनाको अन्तिम मंगलबार १५ वटा फूलका डोली चढाइएको छ । आफ्नो मानोकांक्षा पुरा भएको भन्दै तनहुँसहित लमजुङ, गोरखा, कास्की, चितवन लगायतका जिल्लाबाट बाजागाजासहित भक्तजनहरु फूलको डोली लिएर मन्दिर…
पुरा पढ्नुहोस -
१ चैत्र २०७९, बुधबार ११:०७गुन्द्रुक उत्पादन
इलामको रोङ गाउँपालिकामा सागको प्रशोधन गरी गुन्द्रुक तयार गरिँदै । तस्बिर : टीका खतिवडा/रासस
पुरा पढ्नुहोस -
२९ फाल्गुन २०७९, सोमबार ११:२०ग्रामीण जनजीवन
जंगलबाट दाउरा लिएर घर आइपुगेका तनहुँको ऋषिङ गाउँपालिका-१ काहुँशिवपुर छापका महिलाहरु । ग्रामीण क्षेत्रका बासिन्दाहरु खाना पकाउने लगायतका कार्यका लागि दाउराको प्रयोग गर्ने हुँदा प्रायः महिलाहरुले घरको कामसंगै जंगलबाट घाँस दाउरा समेत ल्याउने गर्दछन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२९ फाल्गुन २०७९, सोमबार ११:१४हिमपात पछिको मनाङ
मनाङ ङ्स्यिाङ गाउँपालिका-६ स्थित मनाङ गाउँ र आसपासका रमणीय दृश्य । लामो समयपछि हिमपात परेको मनाङमा मौसम खुलेसँगै गाउँबस्तीको सुन्दरता अझै बढेको छ । तस्बिर : रासस
पुरा पढ्नुहोस -
२८ फाल्गुन २०७९, आईतवार ११:४९शैक्षिक सामाग्रि प्रदर्शनी
तनहुँको बन्दिपुर गाउँपालिका-१ स्थित पवित्रा माध्यमिक विद्यालयमा आयोजना गरिएको पालिकास्तरीय वृहत गणित विषय (कक्षा १, २ र ३)को शैक्षिक सामाग्रि प्रदर्शनी प्रतियोगितामा राखिएका शैक्षिक सामाग्रिहरु । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, जाइकार अइमिनले गणित विषय पठनपाठनमा सहज गराउने उद्देश्यले शिक्षकहरु बीच उक्त प्रतियोगिता गराएको…
पुरा पढ्नुहोस -
२६ फाल्गुन २०७९, शुक्रबार ११:२४नारी दिवसमा जनप्रतिनिधि र कर्मचारी बीच डोरी तान्ने प्रतियोगिता
तनहुँको ऋषिङ गाउँपालिकाले ११३औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिला जनप्रतिनिधि र कर्मचारी बिच डोरी तान्ने प्रतियोगितामा गरेको छ । प्रतियोगितामा कर्मचारी विजयी भएका छन् । गाउँपालिकाकी उपाध्यक्ष गिनुमाया थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत टिका बहादुर गोदारले विजेतालाई पुरस्कृत गरेका…
पुरा पढ्नुहोस