फाेटाे फिचर
-
२१ आश्विन २०७७, बुधबार ११:५८
म्याग्देको खोपारा लेक
पर्यटकीय हिसाबले सम्भावनायुक्त म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ स्थित खोपारा लेकबाट देखिएको हिमाल । तस्बिरः सन्तोष गौतम/रासस
पुरा पढ्नुहोस -
२० आश्विन २०७७, मंगलवार १२:३९
कक्षा ११ को पढाइ शुरु
तनहुँको व्यास नगरपालिका-१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा अध्ययन गर्दै गरेका कक्षा ११ का विद्यार्थीहरु । क्याम्पसले कोभिड-१९ संक्रमण जोखिम कायमै भएपनि स्वास्थ सुरक्षाको मापदण्डमा रहेर पठनपाठन सुचारु गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
२० आश्विन २०७७, मंगलवार ११:३२
बजार क्षेत्रमा भिडभाड बढ्यो
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौलीमा देखिएको सवारी साधानको चाप । लामो तथा छोटो दुरीका सार्वजनिक यातायातका साधान सञ्चालनमा आएसंगै तनहुँको बजार क्षेत्रमा भिडभाड बढेको छ । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
२० आश्विन २०७७, मंगलवार ११:२७
साबुनपानीले हात मिचिमिची धुने गरौं, कोरोना भगाऔं
तनहुँ जिल्ला अदालत प्रवेशद्वारामा राखिएको साबुनपानीले हात धुदै सेवाग्राहीहरु । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१९ आश्विन २०७७, सोमबार १२:१६
गाउँको कुखुरा बजारमा
तनहुँको व्यास नगरपालिकाको ग्रामीण क्षेत्रमा उत्पादित स्थानीय जातका कुखुराका भाले बिक्री वितरणका लागि दमौली बजारमा आइपुगेका कृषकहरु । बजार क्षेत्रमा स्थानीय जातका कुखुराको माग र मूल्य राम्रो भएकाले ग्रामीण क्षेत्रका कृषकहरु कुखुरा बिक्रीका लागि बजार आउने गर्दछन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१९ आश्विन २०७७, सोमबार १२:०२
खानेपानी समस्या समाधानका लागि छलफल
तनहुँको व्यास नगरपालिका-११ स्थित फराकचौर भाटेपानी खानेपानी उपभोक्ता समितिले वितरण गरेको खानेपानी वितरणमा समस्या आएपछि समस्या समाधानका लागि छलफल गर्दै उपभोक्ताहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१९ आश्विन २०७७, सोमबार ११:५८
तनहुँसुरको बेलाउँती दमौलीमा
तनहुँको व्यास नगरपालिकाको तनहुँसुर क्षेत्रमा फलेका बेलाउँती (अम्बा) दमौली बजारमा बिक्री वितरणका लागि तयारी गर्दै फलफूल व्यापारीहरु । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१८ आश्विन २०७७, आईतवार ११:४३
पक्की पुल शिलान्यास
तनहुँको व्यास नगरपालिका-८ सोतीवेशीमा पक्की पुलको शिलान्यास गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत । तनहुँ र लमजुङ जिल्ला जोड्ने यो पुलको निर्माण कार्य शनिबारबाट शुरु गरिएको छ । चार करोड १६ लाख ४५ हजार आठ सय ४० रुपैयाँको लागतमा पुल निर्माण गर्न लागिएको…
पुरा पढ्नुहोस -
१८ आश्विन २०७७, आईतवार ११:३४
खेल मैदान निर्माणमा जुटेका युवा
तनहुँको बन्दीपुर गाउँपालिका-५ कल्चोकका युवाहरु खेलमैदान सम्याउन श्रमदान गर्दै । स्थानीय टिकामाया सारु र रेशम सारुले पाँच वर्षका लागि जग्गा निःशुल्क उपलब्ध गराएपछि युवाहरु खेलमैदान निर्माणमा जुटेका छन् । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस