फाेटाे फिचर
-
१५ फाल्गुन २०७९, सोमबार १२:२२‘मेरो स्वास्थ्य मेरै जिम्मेवारी’
तनहुँका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आयुर्वेद सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिदै । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा आयोजना गरिएको अभिमुखिकरणमा सहभागि स्वयंसेविकाहरुलाई केन्द्रका प्रमुख डा. रामप्रबोध मण्डलले आयुर्वेदको महत्व र उपचार पद्धति लगायतका विषयमा सहजिकरण गरेका थिए । तस्विर : निशा थापा मगर/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१५ फाल्गुन २०७९, सोमबार ११:३३कृषि प्रदर्शनी
तनहुँको म्याग्दे गाउँपालिकामा आयोजना गरिएको पालिका स्तरीय चौथो कृषि प्रदर्शनी मेला २०७९ स्थलमा राखिएका कृषि उपजहरु । गाउँपालिकाको जनसेवा सहकारी संस्थाले ‘हाम्रो साझा छहरी, जनसेवा सहकारी नयाँ व्यवस्थापन पुरानो चिनारी’ भन्ने नाराका साथ कृषि प्रदर्शनी मेला आयोजना गरेको थियो । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१४ फाल्गुन २०७९, आईतवार १०:५८विद्यार्थीहरु बीच कबड्डीमा प्रतिस्पर्धा
तनहुँको दमौली स्थित निर्मल माध्यमिक विद्यालयको खेलमैदानमा खेलकुद विकास समिति तनहुँले सञ्चालन गरेको १४औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत कबड्डी खेलमा प्रतिस्पर्धा गर्दै भानु नगरपालिका र बन्दिपुर गाउँपालिकाका विद्यार्थी खेलाडीहरु । शुक्रबार र शनिबार गरी दुइ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा जिल्लाका १० वटै पालिकाबाट…
पुरा पढ्नुहोस -
१२ फाल्गुन २०७९, शुक्रबार १०:३८खानेपानीको जोहो
तनहुँको ऋषिङ गाउँपालिका-१ छापटोलकी एक महिला बस्तिभन्दा तल रहेको कुँवाबाट खानेपानी लिएर घर तर्फआउँदै। हिउँद लागेसंगै ग्रामीण क्षेत्रका बासिन्दाले एक गाग्री खानेपानीका लागि घण्टौ समय खर्चनुपर्ने अवस्था छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ
पुरा पढ्नुहोस -
१२ फाल्गुन २०७९, शुक्रबार १०:२४असिनापानीले क्षति
तनहुँ शुक्लागण्डकी नगरपालिका-१ थप्रेकमा विहीबार साँझ पानीसंगै परेको असिना । लामोसमय पछि परेको पानीले किसानलाई राहत मिलेपनि असिनाले भने हिउँदे बालीमा क्षति पुर्याएको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
१० फाल्गुन २०७९, बुधबार १०:२५गाउँका महिलाको दैनिकी
तनहुँको ऋषिङ गाउँपालिका-१ काहुँशिवपुर स्थित छापटोलका महिलाहरु दमौली बजारमा रक्सी बेचेर गाउँ फर्कदै । यहाँका महिलाहरुले कोदोबाट रक्सी उत्पादन गरी दमौली बजारमा बिक्रीवितरण गर्ने बजारबाट कोदो तथा आवश्यक सामाग्रि खरिद गरी गाउँ फर्कने गर्छन । गाउँमा प्रयाप्त कोदो उत्पादन नहुने हुँदा तराइबाट ल्याइएको कोदोबाट रक्सी…
पुरा पढ्नुहोस -
१० फाल्गुन २०७९, बुधबार १०:१५प्राकृतिक तातोपानीमा स्नान
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको प्राकृतिक तातोपानी संकलन गरिएको पोखरीमा डुबेर स्नान गर्दै सर्वसाधारणहरु । कालीगण्डकी नदी किनारको तातोपानीमा स्नान गरेमा ग्यास्टि्रक, सुन्निएको, बज्रिएको, चोटपटक लागेको समस्या निको हुने जनविश्वास छ । तस्विर : सन्तोष गौतम/रासस
पुरा पढ्नुहोस -
१० फाल्गुन २०७९, बुधबार १०:१३केराउ खेती
तनहुँको घिरिङ गाउँपालिका-१ पुट्टारमा व्यवसायिक रुपमा गरिएको केराउ खेती । गाउँपालिकाले कृषकहरुलाई व्यवसायिकता तर्फउन्मुख गराउन उन्नतजातका बीउ ८५ प्रतिशत अनुदानमा उपलब्ध गराएको छ भने आवश्यक सामाग्रिमा पनि सहयोग गरेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
८ फाल्गुन २०७९, सोमबार ११:३४म्याग्दे खोलामा माछा मार्दै
तनहुँको म्याग्दे गाउँपालिका स्थित म्याग्दे खोलमा माछा मार्दै स्थानीय महिलाहरु । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस