विद्यार्थीहरु बीच कबड्डीमा प्रतिस्पर्धा

तनहुँको दमौली स्थित निर्मल माध्यमिक विद्यालयको खेलमैदानमा खेलकुद विकास समिति तनहुँले सञ्चालन गरेको १४औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत कबड्डी खेलमा प्रतिस्पर्धा गर्दै भानु नगरपालिका र बन्दिपुर गाउँपालिकाका विद्यार्थी खेलाडीहरु । शुक्रबार र शनिबार गरी दुइ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा जिल्लाका १० वटै पालिकाबाट विद्यार्थी खेलाडीहरुको सहभागिता रहेको छ । तस्विर : भञ्ज्याङ










